जुम्ला । परम्परागत खेती प्रणालीको झन्झटबाट किसानलाई मुक्त गराउँदै कृषिमा आधुनिकिकरण गर्ने उद्देश्यले जुम्लाका २० जना अगुवा किसानलाई मिनी टिलरु (यान्त्रिक हलो) वितरण गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, जुम्लाले ५० प्रतिशत अनुदानमा यी उपकरण उपलब्ध गराएको हो।
सोमबार आयोजित एक कार्यक्रमका बीच कृषि उद्यमीहरूलाई मर्मत(सम्भारको विशेष तालिमसहित मिनी टिलर हस्तान्तरण गरिएको छ। प्रविधिको सही सदुपयोग होस् र मेसिनमा आउने सामान्य समस्या किसान आफैँले हल गर्न सकून् भन्ने उद्देश्यले वितरणपूर्व अभिमुखीकरण दिइएको कार्यालयले जनाएको छ।
पहिलो चरणमा १५ जना पुरुष र ५ जना महिला किसानलाई प्रविधि हस्तान्तरण गरिएको छ। ५०प्रतिशत अनुदानमा किसानको आर्थिक भार कम गर्न लागतको आधा रकम सरकारले बेहोरेको छ। व्यावसायिक कृषि गरिरहेका र भविष्यमा व्यावसायिक खेती विस्तार गर्ने योजना भएका कृषकलाई प्राथमिकता दिइएको।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन कार्यालय, जुम्लाका प्रमुख खेमराज शाहीले किसानलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन वृद्धि र लागत घटाउने हाम्रो लक्ष्य हो। यसबाट जुम्लाको कृषि क्षेत्रलाई व्यावसायिक बनाउन ठूलो मद्दत पुग्ने अपेक्षा गरेका छौँ।
बढ्दो श्रमिक अभाव र खर्चिलो खेती प्रणालीका कारण समस्यामा परेका जुम्ली किसानहरू यान्त्रिक हलो पाएपछि उत्साहित देखिएका छन्। उपकरण चलाउनुअघि अपनाउनुपर्ने सावधानी, जोत्ने तरिका र मर्मतसम्बन्धी सीप समेत सिकाइएपछि किसानहरू ढुक्क भएका छन्।
कार्यालयका अनुसार जिल्लामा पछिल्लो समय कृषि यान्त्रीकरणतर्फ किसानको आकर्षण बढ्दो छ। चालु आर्थिक वर्ष २०८२र०८३ को कार्यक्रम अन्तर्गत पहिलो चरणमा यो सहयोग वितरण गरिएको हो। यसले खेतीपातीलाई छिटो(छरितो बनाउनुका साथै जुम्लाको अर्गानिक उत्पादन बढाउन कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ।






