गुठीचौर, जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका वडा नं. ४ मा पूर्वाधार विकासको नयाँ लहर सुरु भएको छ। वडा नं. ४ को छिरी टाउकादेखि बिगारेसम्म निर्माण हुन लागेको सडकको आज एक विशेष कार्यक्रमका बीच वडाध्यक्ष टिकादत्त न्यौपानेले शिलान्यास गर्नुभएको छ।

गुठीचौर गाउँपालिका ५ को सुचना

​संघीय सरकारको विशेष अनुदान अन्तर्गत विनियोजन भएको बजेटबाट यो सडक निर्माण हुन लागेको हो।

पूर्वाधार विकास कार्यालयद्वारा ​कूल टेन्डर आह्वान ३ करोड रुपैयाँ भएको र पूर्ण पुष्पा जेभी कन्स्ट्रक्सन, चन्दननाथले १ करोड ८१ लाख ५७ हजार रुपैयाँ ठेक्का सम्झौता गरेको छ

​ आरसीसी सडक निर्माण हुने भएको छ।

​शिलान्यास कार्यक्रममा बोल्दै वडाध्यक्ष न्यौपानेले वर्षौंदेखि कच्ची सडकका कारण हिउँदमा धुलो र बर्खामा हिलो झेल्दै आएका स्थानीय बासिन्दाले अब राहत पाउने बताउनुभयो। “अहिलेको कच्ची बाटोले यात्रा निकै कष्टकर बनाएको छ। यो सडक सम्पन्न भएपछि छिरी टाउकादेखि बिगारेसम्मको यात्रा सुरक्षित र सहज हुनेछ,” उहाँले भन्नुभयो।

​गाउँपालिकाका प्राविधिक मिनबहादुर भण्डारीका अनुसार यस योजना अन्तर्गत बिगारेसम्म ६०० मिटर बढी आरसीसी सडक निर्माण हुनेछ। निर्माण कार्यलाई तीव्रता दिँदै आगामी असार मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको भण्डारीले जानकारी दिनुभयो।

 

​सडक सञ्जाल विस्तार गर्ने क्रममा वडाध्यक्ष न्यौपानेले अन्य उपलब्धिबारे पनि जानकारी गराउनुभयो। सहिद गेटदेखि सत्यवादी माध्यमिक विद्यालयसम्मको सडकलाई पनि आरसीसी बनाउन प्रदेश र संघीय सरकारसँग १ करोड ६८ लाख रुपैयाँ बराबरको योजनाका लागि पहल भइरहेको उहाँको भनाइ छ। राम प्रकाश बिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय