Monday, November 2, 2026

जाजरकोट, २६ चैत ।लागु औषध विरुद्धको अभियानलाई तीव्र पार्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटले ठुलो परिमाणमा अवैध अफिम खेती नष्ट गरेको छ। बिहीबार जाजरकोटको नलगाड नगरपालिकाका विभिन्न स्थानमा प्रहरीले छापा मारी व्यावसायिक रूपमा गरिएको अफिम खेती फडाँनी गरेको हो।

​

​इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) पाण्डब कुमार सिंहको नेतृत्वमा खटिएको १७ जनाको विशेष टोलीले आज बिहान १०:०० बजेदेखि अपरेशन सुरु गरेको थियो। टोलीले नलगाड नगरपालिका वडा नं. ६ अन्तर्गत पर्ने भारगाउँ र ग्राग्‍लीगाउँमा खानतलासी गरेको थियो।

​ त्यसैगरी करिब ४५ रोपनी जग्गा जग्गामा लगाइएको अफिन नष्ट गरिएको हो

​भारगाउँ र ग्राग्‍लीगाउँ (नलगाड-६) गाउँमा कारबाही गरिएको छ।

​ १७ जना (नेतृत्व: प्र.स.नि. पाण्डब कुमार सिंह) को टोलीले

​ अवैध लागु औषध (अफिम) पूर्ण रूपमा नष्ट गरेको हो।

प्रहरी सहायक निरीक्षक पाण्डवकुमार सिंहले ​”लागु औषध मुक्त समाज निर्माण गर्ने लक्ष्यका साथ हामीले गाउँ-गाउँमा निगरानी बढाएका छौँ। लुकिछिपी गरिने यस्ता अवैध खेतीलाई जरैदेखि उखेल्न प्रहरी सधैँ सक्रिय रहनेछ।”  ​प्रहरीका अनुसार स्थानीयले अन्नबाली छोडेर अवैध अफिम खेती गरिरहेको गोप्य सूचनाको आधारमा यो अप्रेशन चलाइएको थियो। ४५ रोपनी जग्गामा लहलह झुलेको अफिमलाई प्रहरी टोलीले नष्ट गरेपछि स्थानीय स्तरमा सचेतना समेत फैलाइएको छ।

​अवैध खेतीमा संलग्न व्यक्तिहरूको पहिचान र थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ।
सागर पाहडि