Monday, November 2, 2026

जुम्ला । आगामी चैत १९ गतेदेखि सुरु हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) का लागि जुम्ला जिल्लाले आफ्नो तयारीलाई तीव्र पारेको छ। यस वर्ष जुम्लाबाट कुल २,२५५ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुने भएका छन्।

​परीक्षालाई व्यवस्थित गर्न जिल्लाभर १४ वटा परीक्षा केन्द्र तोकिएका छन्, जहाँ ५२ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले परीक्षा दिनेछन्।

​शिक्षा विकास तथा समन्वय ईकाई जुम्लाका प्रमुख रछाने लोहारले अनुसार जुम्लाबाट कुल २२ सय ५५ विधार्थी परिक्षामा सामेल हुदैँछन् । जसमा नियमित तर्फ २१ सय ३३, नियमित साधारण तर्फ २ हजार १४ जना, प्राविधिक धारका ११९ जना, ग्रेड बृद्विका लागि १२२ गरि कुल २२ सय ५५ विधार्थी परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई जुम्लाका प्रमुख लोहारले जानकारी  । परिक्षा चैत १९ गतेबाट संचालन भई चैत २९ मा सम्पन्न हुने छ ।

​शिक्षा विकास तथा समन्वय ईकाई जुम्लाले सोमवार १४ वटै केन्द्रका केन्द्राध्यक्षहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा परीक्षालाई निष्पक्ष र मर्यादित बनाउन जोड दिइएको छ।

ईकाई प्रमुख रछाने लोहारका अनुसार, देशमा चलेको सुशासनको अभियान जस्तै परीक्षामा पनि अनुशासन कायम गरी गुणस्तरीय जनशक्ति उत्पादनमा ध्यान दिइनेछ।

 प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले परीक्षामा ‘चिट चोराउने’ जस्ता अमर्यादित कार्य कतै भेटिएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिनुभएको छ।

​ नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले कर्मचारीहरूबाटै हुन सक्ने अमर्यादित गतिविधि रोक्न सुक्ष्म अनुगमन हुनुपर्नेमा जोड दिनुभएको छ।

​जुम्ला प्रशासन र शिक्षा क्षेत्रका सरोकारवालाहरू यस पटकको SEE लाई विगतको भन्दा थप व्यवस्थित र स्वच्छ बनाउन एकजुट देखिएका छन्। विद्यार्थीको वास्तविक क्षमता मापन गर्ने गरी परीक्षा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।