राम प्रकाश विक, जुम्ला । बेंगलोर, भारत सुर्खेतमा अध्ययनरत एक १५ वर्षीया दलित बालिकाको भारतको बेंगलोरमा शंकास्पद अवस्थामा मृत्यु भएको छ। जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नं। २, झुटकुरा गाउँ स्थायी घर भई हाल सुर्खेतमा कक्षा ७ मा अध्ययनरत साजन सुनारको शव झुण्डिएको अवस्थामा फेला परेको हो।
घटनाको पृष्ठभूमि
करिब तीन महिनाअघि कञ्चनपुरको महेन्द्रनगर घर भएका १८ वर्षीय तिलक रावलले साजनलाई सुर्खेतबाट भगाएर भारतको बेंगलोर पुर्याएका थिए। माइती पक्षका अनुसार, प्रेम विवाह गरी लगे पनि साजनले त्यहाँ सुख पाउन सकिनन्। दलित समुदायकी भएकै कारण घरपरिवारबाट उनलाई शारीरिक र मानसिक यातना दिइने गरेको परिवारको दाबी छ।



मृत्युअघिको अन्तिम संवाद
मृतकका बुबा करण सुनार र आमा वीरकली सुनारका अनुसार, केही दिनअघि मात्र साजनले फोन गरेर आफूलाई निकै तनाव भएको र त्यहाँबाट उद्धार गर्न रुँदै बिन्ती गरेकी थिइन्। उनले आफ्ना भिनाजु सुरेश तिरुवालाई फोन गरी ूयहाँ परिवारले मलाई मार्नेसम्मको धम्की दिइरहेका छन्, मलाई यहाँबाट लैजानुस्ू भन्दै हारगुहार गरेकी थिइन्।
तर, उद्धारको प्रयास हुनुअघि नै तिलककी बहिनीले साजनले झुण्डिएर ज्यान दिएको खबर हिमाचलमा रहेका उनका आमाबुबालाई दिएकी थिइन्। खबर पाएपछि परिवारले सम्पर्क गर्न खोज्दा केटा पक्षले फोन नउठाएको र पछि प्रहरीमार्फत मात्र मृत्युको पुष्टि भएको थियो।
न्यायका लागि पहल र अपील
हाल पीडित आमाबुबा र भिनाजु मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रिकाङ्पियोको कार्यालयमा पुगेर न्यायका लागि अपिल गरिरहेका छन्। उनीहरूका मुख्य मागहरू निम्न रहेका छन्स्
नाबालिका छोरीलाई ललाईफकाई भगाउने र जातीय विभेद गरी आत्महत्याको स्थितिमा पुर्याउने दोषीलाई कडा कारबाही होस्।
घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइयोस्।
विदेशी भूमिमा रहेका नेपाली संघसंस्था र सञ्चारकर्मीले न्यायका लागि दबाब दिउन्।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिका सह(सचिव मिथुन सिंहले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ। उहाँका अनुसार बेंगलोरस्थित संगठनको इकाईलाई परिचालन गरी कानुनी प्रक्रियामा सहयोग र घटनाको गहिरो छानबिनका लागि पहल सुरु गरिएको छ। उहाँले सम्पूर्ण समाजसेवी, पत्रकार र अधिकारकर्मीहरूलाई यो अन्यायविरुद्ध आवाज उठाउन आह्वान गर्नुभएको छ।
ूएउटी पढ्दै गरेकी नाबालिकालाई जातीय विभेदको नाममा मर्न बाध्य पारिनु अमानवीयताको पराकाष्ठा हो। हामी पीडित परिवारलाई न्याय नदिलाएसम्म शान्त बस्ने छैनौँ,ू सिंहले भन्नुभयो।



