जुम्ला । हालै सम्पन्न निर्वाचनको परिणामसँगै राष्ट्रिय राजनीतिमा नयाँ समीकरण र चुनौतीहरू देखा परेका छन्। यसै सन्दर्भमा, जुम्लाको चुनावी प्रतिस्पर्धामा सम्मानजनक मत प्राप्त गर्नुभएका प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेश भण्डारीको पराजयलाई केवल एउटा व्यक्तिको हार मात्र नभई, एउटा विचार र समृद्धिको यात्रामा लागेको धक्काका रूपमा लिइएको छ।
यो निर्वाचनमा बेहोरेको हार कुनै व्यक्ति विशेषसँगको मात्र हार होइन। यो त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरूको अदृश्य खेल, देशमा स्थिरता देख्न नचाहने तत्वहरूको षडयन्त्र र जुम्लाको सन्दर्भमा देखिएको ‘अपवित्र र अराजनीतिक’ गठबन्धनको उपज हो। मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन चाहने शक्तिलाई रोक्न गरिएका प्रयासहरूको बीचमा रावलले प्राप्त गरेको मत आफैंमा एउटा बलियो र सम्मानजनक उपस्थिति हो।
निर्वाचनको परिणामलाई एउटा स्वभाविक लोकतान्त्रिक प्रक्रियाका रूपमा स्वीकार गर्दै अबको यात्रा गाउँबस्तीतर्फ मोडिनु आवश्यक छ। यो हारबाट विचलित नभई, प्रत्येक पालिका र वडा तहसम्म पुगेर मतदातालाई धन्यवाद दिने र कार्यकर्ताको मनोबल उच्च राख्न “समीक्षात्मक प्रशिक्षण” सञ्चालन गर्ने लक्ष्य लिनु सकारात्मक कदम हो।
”यो पराजय केवल तपाइँको मात्र होइन, सिंगो जुम्ली जनता र यो माटोको साझा पीडा हो। तर, यही पीडालाई अब शक्तिमा बदल्ने बेला आएको छ।”
राजनीतिक यात्रामा जित र हार एउटा पाटो मात्र हो। नेतृत्वको असफलतामा कतै न कतै कार्यकर्ता र शुभचिन्तकहरूको पनि कमिकमजोरी रहने कुरालाई आत्मसात् गर्दै अबको बाटो सुदृढीकरणको हुनुपर्छ। आन्तरिक शक्तिलाई एकतावद्ध बनाउँदै, नयाँ सोच र गतिशील योजनाका साथ अगाडि बढ्ने हो भने आगामी दिनमा यो क्षतिलाई विजयमा बदल्न असम्भव छैन।
तपाइँको राजनीतिक निष्ठा र नेतृत्व जुम्लाको लागि सदैव आवश्यक छ। आत्मसमीक्षासहित अझै परिष्कृत भएर जनसेवा र राजनीतिको मैदानमा सक्रिय रहनको लागि यो विषम परिस्थिति एउटा नयाँ अवसर पनि बन्न सक्छ। तपाइँको राजनीतिक यात्राको उत्तरोत्तर प्रगतिको कामना!






