जुम्ला, १० फागुन । निर्वाचन आयोगले स्थानीय कार्यपालिकाका पदाधिकारीहरूलाई निर्वाचन आचारसंहिताको गम्भीरतापूर्वक पालना गर्न कडा निर्देशन दिएको छ। केही जनप्रतिनिधिहरू आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएको गुनासो आएपछि आयोगले यस्तो कदम चालेको हो।के गर्न पाइन्छ, के पाइँदैन?आयोगले ’निर्वाचन आचारसंहिता, २०८२’ को व्यवस्थालाई स्मरण गराउँदै जनप्रतिनिधिहरूका लागि आफ्नो स्थानीय तहमा रोकः पदाधिकारीहरूले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुन पाउने छैनन्। आफू बहाल रहेको बाहेक अन्य स्थानीय तहमा भने सम्बन्धित दलको प्रचारमा संलग्न हुन पाइनेछ।
अन्य क्षेत्रमा प्रचारमा जाँदा सरकारी सवारी साधन, बजेट वा कुनै पनि सरकारी स्रोत–साधन प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।“स्थानीय जनप्रतिनिधिले आफ्नो पदको मर्यादा र तटस्थता कायम राख्नुपर्छ। आचारसंहिता उल्लंघन गर्नेलाई कानुन बमोजिम निर्वाचन आयोगले कारबाही गरिनेछ।“ आचारसंहिता कार्यान्वयनको रोडम्यापनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन आयोगले अनुगमन संयन्त्रलाई समेत सक्रिय बनाएको छः
जिल्ला आचारसंहिता अनुगमन समितिले जिल्लास्तरमा हुने उल्लंघनको सूक्ष्म निगरानी गर्ने।निर्वाचन अधिकृतकार्य क्षेत्रमा आचारसंहिता पालना गराउने र रिपोर्टिङ गर्ने।निर्वाचन कार्यालयस्थानीय तहका गतिविधिहरूको नियमित अनुगमन गर्ने। यदि कुनै पदाधिकारीले आचारसंहिताको दफा ५ विपरीत गतिविधि गरेको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी आयोगले दिएको छ।






