Thursday, November 5, 2026

राम प्रकाश विक, जुम्ला फागुन ९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्लाबाट सबैभन्दा कान्छा उम्मेदवारका रूपमा नेपाल जनता पार्टी (नेजपा) का रनिल विक्रम शाहीले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्। शनिबार आयोजित एक कार्यक्रमका बीच शाहीले “रनिल जिताऔं, राष्ट्र जोगाऔं” भन्ने मूल नाराका साथ ३७ बुँदे घोषणापत्र सार्वजनिक गर्दै आफूलाई नयाँ पुस्ता (न्भल–श्) को प्रतिनिधिको रूपमा उभ्याएका छन्।
घोषणापत्र सार्वजनिक गर्दै उम्मेदवार शाहीले देश अहिले संकटको घडीमा रहेको भन्दै राष्ट्रको रक्षाका लागि आफ्नो सुख–सुविधा त्यागेर चुनावी मैदानमा उत्रिएको बताए। उनले नेपाललाई बौद्धिक सनातन हिन्दु राष्ट्र कायम गर्ने र विदेशी हस्तक्षेपको ’तगारो’ बनेर उभिने संकल्प गरेका छन्।
शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा ’क्रान्तिकारी’ योजना
शाहीको घोषणापत्रमा जनमुखी योजनाहरूको बाहुल्यता देखिएको छ। सबै पालिकामा गुणस्तरीय निःशुल्क शिक्षा र ’छोरी पढाऊ’ अभियानमार्फत उच्च शिक्षा निःशुल्क गर्ने, हरेक पालिकामा गुणस्तरीय स्वास्थ्य सेवा र अस्पताल निर्माण, पोषण भत्ता, विद्यार्थी भत्ता र बेरोजगार भत्ताको उचित मूल्यांकन र वृद्धिको नीति र ’आमा नै देवी’ कार्यक्रम अन्तर्गत सुत्केरी आमालाई एक महिनासम्म सरकारले सम्पूर्ण खर्च बेहोर्ने व्यवस्था घोषणपत्रमा उल्लेख गरेका छन्।
युवा पलायन रोक्न उनले “नेपाल आऊ, जागिर खाऊ” अभियानको घोषणा गरेका छन्। त्यस्तै, बेरोजगार अन्त्यका लागि ठोस कार्यक्रम, कृषि क्रान्ति ल्याउन किसानलाई २० देखि ५० लाखसम्मको अनुदान व्यवस्था गर्ने,जुम्लाका प्रत्येक घरको आँगनमा सुरक्षित सडक, २४ सै घण्टा बिजुली र ’एक घर एक धारा’को सुनिश्चितता उहाँले अघि वढाएको छ।
जुम्लाको पहिचानसँग जोडिएको सिंजा सभ्यता विधान पारित गर्ने, खस भाषाको प्रवद्र्धन गर्ने र जडिबुटी संकलन गर्न जाने नागरिकलाई सुरक्षा र बाटो खर्च उपलब्ध गराउने जस्ता स्थानीय मुद्दाहरूलाई पनि शाहीले विशेष प्राथमिकता दिएका छन्।
कर्मचारी प्रशासनलाई उत्तरदायी बनाउन उनले उत्कृष्ट काम गर्नेलाई पुरस्कृत र जनतालाई दुःख दिनेलाई बर्खास्त गर्ने सम्मको कडा नीति अघि सारेका छन्। उम्मेदवार शाहीले “हाम्रो देशमा अहिले विदेशीले गिद्धे नजर लगाएका छन्। म उनीहरूको तगारो भई राष्ट्र र सनातन धर्मको रक्षाका निम्ति उभिएको छु। जुम्लाको कृषि, पर्यटन र युवाको भविष्य मेरो पहिलो प्राथमिकता हो।“

यस्त छन घोषणा पत्रका एजेण्डाहरु…

(१) नेपाल को अस्तित्व जोगाउन

(२) लोकतन्त्र को रक्षा गर्ने

(३) संविधान को अस्तित्व कायम गर्ने

(४) बौद्धिक सनातन (हिन्दु) राष्ट्र कायम गर्न

( ५) जनयुद्ध मा सहिद सेना र माओवादी पक्ष का सहिद हरु को बलिदान लाई अमर बनाउन साथै उनी हरु का परिवार को भबिस्य सुनिश्चित गर्न साथै स्थापित गर्न ।

(६) श्भल–श् हरु को बलिदान लाई अमर बनाउन साथै उनी हरु को परिवार लाई स्थापित गर्न अनि घाइते श्भल–श् हरु को भबिस्य सुनिश्चित गर्न

(७) हाम्रो सास्कृतिक परम्परा, धर्म, सस्कार रितिरिवाज आदि लाई जोगाउन साथै अमर बनाउन

(८) जिल्ला का १ नगर र ७ गाउँपालिका मा गुणस्तर स्वास्थ सेवा उपलब्ध गराउन साथै अस्पताल निर्माण गर्न

(९) जिल्ला का सबै पालिका मा गुणस्तर र नि–शुल्क शिक्षा को बन्दोबस्त गर्न

(१०) पोषण भत्ता, छात्राबिदी (बिद्यार्थी भत्ता), बेरोजगार भत्ता साथै बिर्दा भत्ता को उचित मुल्यांकन गरि बिदी गर्न निति को व्यवस्थापन गर्न

(११) बजार मुल्य सुलभ र सहज गर्न

(१२) “छोरि पढाउ अभियान “आरम्भ गरि छोरी हरु लाई उच्च शिक्षा नि–शुल्क गर्न

(१३)” एक घर एक रोजगार “कार्यक्रम संचालन गरि बोरोजगार को अन्त्य गर्न

(१४) बिदेश गएका सम्पूर्ण नेपाली हरु लाई” नेपाल आउ जागिर खाउ “अभियान आरम्भ गरि देश मा स्वागत गर्न

(१५) जातीय बिवेद अन्त्य गर्न

(१६) कृषि क्रान्ति आरम्भ गरि नेपाल सरकार देखि किसान हरु लाई कृषि कार्य को निम्ति कम्ती मा २० लाख धेरै मा ५० लाख को अनुदान दिने प्रक्रिया को व्यवस्थापन गर्न

(१७) महिला दमन कारी नीति को अन्त्य गर्न

(१८) जुम्ला का सबै पालिका का गाउँ हरु मा आगन अघि सडक पुराउन साथै सुरक्षित साथै गुणस्तरीय सडक बिस्तार गर्न

(१९) जिल्ला का सबै पालिका का गाउँ घर मा २४ घन्टा बिजुली बत्ती को प्रबर्धन गर्न

(२०) एक घर एक धारा कार्यक्रम लागू गरि सफा र स्वास्थ खाने पानी को व्यवस्थापन गर्न

(२१) बौद्ध धर्मावलम्बी हरु लाई राजनीति मा समान अवसर प्रदान गर्न

(२२) इमानदार अनि जनता का काम सहज र सुलभ गरि सेवा प्रदान गर्न नेपाल सरकार को कर्मचारी लाई पुरस्कृत गर्न साथै जनता लाई कष्ट दिने कर्मचारी लाई बर्खास्त दिने नीति निर्माण गर्न ।

(२३) जुम्ला का आधा अधुरो रहेका योजना हरु सम्पन्न गर्न

(२४) जिल्ला का व्यापारी हरु को कार्य र योगदान लाई मुल्यांकन गरि उचित पुरस्कार प्रदान गर्न

(२५) जिल्ला मा उत्पादन हुने बालि साथै कृषि बस्तु लाई बजारीकरण गरि किसान लाई उचित मुल्य उपलब्ध गराउने

(२६) देश लाई शक्तिशाली राष्ट्र बनाउन बैज्ञानिक अनुसन्धान तथा खोज केन्द्र को स्थापना गर्न

(२७) सिजा सभ्यता बिधान पारित गर्न

(२८) खस भाषा को प्रबर्धन र बिकास गर्ने

(२९) “आमा नै देवि आमा नै माता सीता हुन भने कार्यक्रम लागू गरि बच्चा जन्माउने हरेक आमा लाई १ महिना सम्म सरकार ले खाने, बस्ने, लुगा आदि सबै को बन्दोबस्त गर्न नीति को व्यवस्थापन गर्न

(३०) जिल्ला मा उच्च शिक्षण सस्था साथै बिश्व बिधालय को स्थापना गर्न

(३१) जिल्ला मा खेलकुद बिकास गर्न हरेक प्रयास गर्ने

(३२) जिल्ला मा रहेका जात्रा समिती को प्रबर्धन, बिकास र सहकार्य गर्न

(३३) भस्टचार को अन्त्य गर्न

(३४) आयुर्वेदिक शिक्षा को बिकास गर्न

(३५) धार्मिक स्थल र पर्यटकिय स्थल को बिकास र प्रबर्दधन गर्न

(३६) जिल्ला मा रहेका सम्पूर्ण कुल देवता को मन्दिर को बिकास र प्रबर्धन गर्न

(३७) जडिबुटी कोर्न जाने नागरिक लाई बाटो खर्च र उनी हरु को सुरक्षा नेपाल सरकारले व्यवस्थापन गर्न नीति को निर्माण गर्न आदि