Wednesday, November 4, 2026

जुम्ला । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको उप–निर्वाचनलाई लक्षित गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाले आफ्नो तयारीलाई तीव्र पारेको छ। ‘निर्वाचन परिचालन समिति’ जुम्लाले सदरमुकाममा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चुनावी रणनीति र जिम्मेवारी बाँडफाँडबारे सार्वजनिक गरेको हो।

​

​गत माघ १७ गते सम्पन्न जिल्ला स्तरीय बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण भेलाले पूर्व राज्यमन्त्री एवं केन्द्रीय सदस्य गोमा गौतम कुँवरको संयोजकत्वमा १,९९९ सदस्यीय विशाल ‘निर्वाचन परिचालन समिति’ गठन गरेको छ।

​ यो समिति जुम्लाका आठै वटा स्थानीय तह, वडा र मतदान केन्द्रसम्मै क्रियाशील रहनेछ। घरदैलो, संगठन सुदृढीकरण र जनतासम्म पार्टीका एजेन्डा पुर्‍याउने।

​

​पत्रकार भेटघाटमा जुम्लाको समृद्धिका लागि पार्टीले अघि सारेका उम्मेदवारहरूले आफ्नो धारणा राखेका थिए।

नेपाली कम्युनिस्ट पाटीले जुम्लाबाट ​प्रत्यक्षतर्फ नरेश भण्डारी र ​समानुपातिकतर्फ तिर्थबहादुर बुढा उम्मेदवार हुनुहुन्छ ।

​कार्यक्रममा बोल्दै वक्ताहरूले जुम्लामा नेपाली कम्युनिष्ट पार्टी नै जनताको वास्तविक भरोसाको केन्द्र भएको दाबी गरे। विगतमा पार्टीका जनप्रतिनिधिहरूले गरेका विकास निर्माणका कामहरू नै आगामी जितको मुख्य आधार भएको उनीहरूको तर्क थियो।

निर्वाचन परिचालन समितिले ​”यो निर्वाचन केवल प्रतिनिधि छनोट मात्र नभई गणतन्त्रको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि एक निर्णायक खुड्किलो हो।”

 

​पार्टीले जिल्लाभर घरदैलो, टोल भेला र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिइएको जानकारी दिँदै प्रचार-प्रसारमा सहयोग गर्ने सञ्चारकर्मी र शुभेच्छुकहरूप्रति आभार प्रकट गरेको छ। साथै, आगामी निर्वाचनमा ‘तारा चिन्ह’ मा मतदान गरी प्रत्यक्षतर्फ नरेश भण्डारी र समानुपातिकतर्फ तिर्थबहादुर बुढालाई विजयी गराउन सम्पूर्ण जुम्लावासीलाई अपिल गरिएको छ।

ई?