Thursday, November 5, 2026

सुर्खेत, ११ माघ | राष्ट्रिय सभा सदस्यका लागि आज भएको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनका उम्मेदवारहरू भारी मतभारसहित विजयी भएका छन्।

​निर्वाचन परिणामअनुसार महिलातर्फ एमालेकी मिना सिंह रखाल र अन्यतर्फ नेपाली कांग्रेसका ललितजंग शाही निर्वाचित हुनुभएको हो।

 

महिलातर्फ एमालेकी रखालले तीनहजार १४५ मतभारसहित जित निकाल्दा उनकी प्रतिद्वन्द्वी नेकपाकी अन्जु महतरा शाहीले एक हजार ७३४ मतभार प्राप्त गरिन्।

अन्यतर्फ कांग्रेसका शाहीले तीन हजार २७८ मतभारसहित विजयी भए। उनका प्रतिद्वन्द्वी नेकपाका बुद्धीप्रसाद शर्मा एकहजार ६३९ मतभार मात्रै प्राप्त गरे।

 

​विजयी उम्मेदवारहरू कांग्रेस–एमाले गठबन्धनका साझा उम्मेदवार हुन्। ​विपक्षीका रूपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारहरू पराजित भएका छन्। ​यो जितसँगै राष्ट्रिय सभामा सत्तापक्षीय गठबन्धनको उपस्थिति अझ बलियो बनेको छ।