Thursday, November 5, 2026

राम प्रकाश विक, जुम्ला, मंसिर २२ गते । दुई आर्थिक वर्ष (२०७८÷०७९ र २०७९÷०८०) देखि स्याउ बिमाको क्षतिपूर्ति रकम नपाएपछि जुम्लाका हजारौं किसानहरू शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड विरुद्ध संगठित भएका छन्। क्षति दाबी दर्ता गरिसके पनि भुक्तानीमा अत्यधिक ढिलाइ भएपछि किसानहरूले आक्रोश पोख्दै आन्दोलनको घोषणा गरेका छन्। पहल समिति गठन र मुख्य असन्तुष्टिजुम्लाको तातोपानी गाउँपालिकाका किसानहरूले पदमबहादुर डाँगीको संयोजकत्वमा १७ सदस्यीय पहल समिति गठन गरेका छन्। समितिले खडेरीबाट क्षति भएका बिरुवाहरूलाई मूल्यांकनमा समावेश नगरी अत्यन्त न्यून क्षतिपूर्ति दर कायम गरिएको आरोप लगाएको छ।आन्दोलनको चेतावनीः संयोजक डाँगीका अनुसार, प्राकृतिक प्रकोपबाट जोगिन बिमा गरे पनि भुक्तानीमा ढिलाइ गरिएकाले अब ’आन्दोलन बाहेक विकल्प छैन।’संवादको तयारीः समितिले तातोपानीका बिमा किसानहरूको विवरण संकलन गरी क्षतिको सही मूल्यांकनका साथ इन्स्योरेन्स कम्पनीसँग संवाद गर्ने तयारी गरेको छ।
विभेद र भुक्तानीमा असमानतायसअघि पनि किसानहरूले बिमा कम्पनीमा घेराउ र तालासमेत गरेका थिए। तातोपानी–४ का वडाध्यक्ष अमरबहादुर रोकायाले क्षतिको मूल्यांकनमा चन्दननाथ नगरपालिका बाहेक अन्य स्थानीय तहका किसानलाई विभेद गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। जुम्लाका १ हजार ४० सय १ जना किसानले भुक्तानी पाएका छन्। मौसम केन्द्रको रिपोर्ट अनुसार नगरपालिकाभित्रका किसानले प्रति विरुवा ६ सय ३८ रुपैयाँ, गुठिचौर २ सय १९ रुपैयाँ, तिला र हिमा ३ सय ३८ रुपैयाँ, सिंजा १ सय ७४ रुपैयाँ, कनासुन्दरी र तातोपानी २४ रुपैयाँ पाउनेछन्।

जुम्लामा कुल ४ हजा ५ सय १७ जना स्याउ बिमित छन्। यसमध्ये कनकासुन्दरीमा ३ सय ९९, सिंजा ५ सय ७१, हिमा ५ सय २५, तिला ३ सय ८६, तातोपानी ६ सय ११, चन्दननाथ नगरपालिका ६ सय ७२, गुठिचौर ५ सय ३७ र पातारासी ८ सय १६ जना छन्। कुल १२ लाख १२ हजार ,७ सय ७ वटा स्याउ विरुवा बिमित छन्।यता गुठिचौर– ५ धिता गाउँका किसान केशव धितालले २ सय स्याउ विरुवा बिमा गरेका तर, अहिलेसम्म रकम पाएका छैनन्। सिंजा–१ जाँच गाउँका पदम रोकायाले पनि ३ सय स्याउका बिरुवा बिमा गरिसकेको भए पनि भुक्तानी नआएको बताए। उनीहरूले किसानको दुःख, पीडालाई बुझ्न आवश्यक रहेकोमा जोड दिएका छन्।किसान र बिमा कम्पनीबीचको द्वन्द्वले अहिले जिल्लामा तनावको वातावरण सिर्जना गरेको छ। सम्पूर्ण किसानहरू आफ्ना अधिकारका लागि संगठनबद्ध भएर सडकमा उत्रने तयारीमा छन्।