राम प्रकाश विक, जुम्ला, मंसिर २२ गते । जुम्लाको जोडु माध्यमिक विद्यालय (मावि) को इतिहास जोखिमसँगैको संघर्ष हो। २०३२ सालमा स्थापना भएदेखि करिब ४८ वर्षसम्म यस विद्यालयका विद्यार्थीहरूले ’सुरक्षित भविष्य’ भन्दा ’जोखिमसँगै यात्रा’ गर्नुप¥यो।पुरानो विद्यालय भवनको अवस्था यस्तो थियो कि, हेर्ने जो कोहीलाई एउटै प्रश्नले सताउँथ्यो—“यो भवन कहिले भत्केला?”चिरिएको जमिन र निरन्तरको पहिरोको त्रासले सताउने गरेको थियो। बाढी, हावाहुरीले उडाइदिने छाना,जसले गर्दा वर्षातमा कक्षाकोठाभित्रै पानी पस्थ्यो। भित्तो चर्किने र कहिलेकाहीँ काठका ढोकाहरू बगाएर लैजाने दैनिक समस्या रहेको पूर्वप्रधानाध्यापक नरबहादुर बुढाका अनुसार, हरेक वर्ष ७०–८० लाख रुपैयाँ मर्मतमै खर्चिन्थ्यो, तैपनि भवन बग्ने वा भत्कने त्रास कायमै थियो।
’किताब भिज्थ्यो, डरले भुइँमा बस्न पनि हुन्थेन’जोडु माविका करिब ५ सय विद्यार्थीका लागि विद्यालय केवल पढ्ने ठाउँ थिएन, यो त जोखिम मोलेर बस्ने बाध्यता थियो। कक्षा ८ का महेन्द्र बुढा पुराना दिन सम्झँदै भन्छन्, “भारी पानी प¥यो कि ढोका उघारिन्थेन। कहिले त भुइँमै बगेर पानी आउँथ्यो।“कक्षा ६ की फुलमाया बुढाको अनुभव अझै पिडादायी छ, “पानी पस्छ भन्दै शिक्षकले भुइँतिर नबस भनेर चेतावनी दिनुपथ्र्यो। पुस्तिका भिज्थे।“अभिभावकको पीडा पनि कम थिएन। जोडुकी कुसुमकली बुढा आफ्नो मन हलुका भएको सुनाउँछिन्, “पहिले बच्चा स्कुल गयो भने बेलुका फर्किएला कि नफर्किएला भन्ने चिन्ता हुन्थ्यो। कहिले छाना उडेको खबर, कहिले पहिरोको। अब त्यो त्रास सकियो। सुरक्षित भवनमा हाँसो र उत्साहविद्यालयको यो त्रासदीपूर्ण दैनिकी २०८० चैतपछि इतिहास बन्यो। जोडु मावि अहिले सिंजा–६ दाँत भन्ने सुरक्षित स्थानमा सारिएको छ। स्थानीयबाट ५ हजार वर्गमिटर जग्गा ८ लाख ५० हजार रुपैयाँमा खरिद गरेर यो महत्वाकांक्षी परियोजना अघि बढाइएको थियो।पेस नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा सिंजा गाउँपालिकाको सहयोगमा नयाँ भवन निर्माण भएको छ।
विशेषता विवरण भवन४ कोठे भूकम्प–प्रतिरोधी भवनशौचालयछात्रा तथा अपांगमैत्री ३ कोठे शौचालय सुविधाबालमैत्री खानेपानी धारा र सुन्दर कम्पाउन्ड लगायत कुल रु. ७८ लाख ६ हजार ३ सय ७९निर्माण अवधि२०८० भदौ १५ मा सुरु, २०८१ जेठ २ मा सम्पन्नपेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपाने भन्छन्,“यो भवन कंक्रिट मात्रै होइन, बच्चाहरूको भविष्यको सुरक्षा हो। “शिक्षक रामबहादुर बुढा अहिले उत्साहित छन्।
“पहिले पढाउनभन्दा कक्षाकोठा जोगाउनु ठूलो चुनौती थियो। अहिले चाहिँ सिकाइमै ध्यान दिन पाएका छौँ।“ नयाँ वातावरणले गर्दा विद्यार्थीको उपस्थिति बढेको र बिहानैदेखि स्कुलको आँगनमा चहलपहल देखिन थालेको उनले बताए। विद्यार्थी फुलमाया बुढाको अन्तिम वाक्यले नयाँ खुसीको अवस्था झल्काउँछः “अहिले उज्यालो कोठा छ, सफा चर्पी छ, पानीको धारा छ। स्कुल आउनै मन लाग्छ।“जुम्लाका दुर्गम बस्तीका बालबालिकालाई सुरक्षित सिकाइ वातावरणको नयाँ युगमा प्रवेश गराउने यो प्रयासले कनकासुन्दरी र हिमा गाउँपालिकाका अन्य विद्यालयहरूमा पनि सुरक्षित भवन निर्माण सम्पन्न भएको पेस नेपालले जनाएको छ।






