राम प्रकाश विक, जुम्ला, मंसिर १९ गते । कर्णालीको मुटु, जुम्ला र कालिकोटको सिमानामा बग्ने तिला नदी अब ऊर्जाको श्रोत बन्ने भएको छ । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा प्रस्तावित तिला जलविद्युत आयोजनाले ३८.०७ मेगावाट बिजुली उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ । यस आयोजनालाई साकार पार्न करिब ७ अर्ब ५६ करोड ७४ लाख ३७ हजार ४०५ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
तिला जलविद्युत आयोजनाको ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब सात अर्ब बढी बजेट लाग्ने भएको छ । कुल लागत नेपाल सरकारको ७ अर्ब ५६ करोड ७४ लाख ३७ हजार ४०५ रुपैयाँ लाग्ने अनुमान गरिएको विभागका उपसचिव शाहले बताउनुभयो । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने भएको छ ।
प्रस्ताविक आयोजनाका लागी तिला नदीमा ७ मिटर उचाईको बाँध निर्माणगरी तिला नदीको पानीलाई साइड ईन्टेक गेटमार्फत ग्राभेल ट्रयापमा पु¥याइने भएको छ । डिजाइन डिस्चार्ज ५२ दशमलव ५१ घनमिटर प्रति सेकेन्ड रहेको वातारणविद् सुरेन्द्रदेव भट्टको भनाइ छ । अर्धसतही (३६ मिटर लम्बाइ, १६ मिटर चौडाइ, ३२ मिटर गहिराइ), १३२ के.भी. सिङ्गल सर्किटको ३०.२० कि.मि. लामो लाइनमार्फत जुम्ला बजारको सबस्टेशनमा जोडिनेछ।
विद्युत विकास विभागका उपसचिव गोपिप्रसाद शाहका अनुसार, नदीमा ७ मिटर अग्लो बाँध बनाएर पानीलाई स्टिल पेनस्टक पाइपमार्फत अर्धसतही विद्युत्गृहमा पु¥याई बिजुली उत्पादन गरिनेछ। यो आयोजनाले ऊर्जा संकट समाधानमा मात्रै नभई स्थानीय जनताको जीवनस्तर उकास्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार, “आयोजना सञ्चालनबाट रोजगारी, रोयल्टी, शेयर, सामुदायिक सहयोग र स्थानीय व्यापार व्यवसायमा वृद्धि हुनेछ। उनले,यसले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म व्यापक लाभ पु¥याउनेछ। “निर्माण अवधिमा ३० देखि ३२० जना स्थानीय जनशक्तिले प्रत्यक्ष रोजगारी पाउनेछन्। स्थानीयले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा व्यापार व्यवसाय गर्न पाउँदा आयआर्जनमा वृद्धि हुने अपेक्षा छ। देशको ऊर्जा माग पूरा गर्नमा सहयोग पुग्नेछ।
आयोजना निर्माण गर्नुअघि तिला जलविद्युत आयोजनाका परामर्शदाता तथा वातावरणविद् सुरेन्द्रदेव भट्टको उपस्थितिमा प्रभावित क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (क्ष्भ्भ्) प्रतिवेदन उपर सार्वजनिक सुनुवाइ सम्पन्न भइसकेको छ।
तिला गाउँपालिका वडा नं. १ र ७ तथा तिलागुफा नगरपालिकाको वडा नं. १, २, ३, ४ र ९ जग्गा अधिग्रहण हुने भएको छ । आयोजना निर्माणका लागि कुल ७.५८५ हेक्टर जग्गा आवश्यक पर्नेछ, जसमा वन क्षेत्रको ४.७७२ हेक्टर र निजी जग्गा २.८१३ हेक्टर छ।
निर्माण तथा सञ्चालनबाट कुल ३४ घरधुरी प्रत्यक्ष रुपमा प्रभावित हुनेछन्। आयोजनाको अध्ययन अवधि पूरा भएपछि छिट्टै नै निर्माण कार्य अगाडि बढ्ने आयोजनाले जनाएको छ। कर्णालीको पानीबाट अब कर्णालीकै मुहार फेरिने आशा पलाएको छ।






