Tuesday, November 3, 2026

राम प्रकाश वि.क जुम्ला, मङ्सिर १५ गते । जुम्लामा लागुऔषध सहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले सोमबार बेलुकी विशेष गोप्य सूचनाको आधारमा चन्दननाथ नगरपालिका–५ का धननाम सिंह कठायतका छोरा वर्ष २४ का विक्रम सिंह कठायत पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीले दिएको जानकारि अनुसार, विक्रम सिंह कठायत कालेखोली चोकमा हिँडिरहेको अवस्थाबाट शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने लागुऔषध फेला परे पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
बरामद गरिएको पदार्थको तौल करिब ४० मिलि ग्राम रहेको उहाँले वताउनुभयो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख (डिएपि) रबिन बाबु रेग्मीको निर्देशनमा खटिएको टोलीले लागुऔषधसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ । लागुऔषध सम्बन्धि गतिविधिलाई नियन्त्रणमा लिन प्रहरी सशक्त रूपमा सक्रिय रहेकोे प्रहरीले जनाएको छ।