Sunday, August 9, 2026 | 10:55:52 PM

हम्ला, मंसिर ८ गते । हुम्ला । दुर्गम जिल्ला हुम्लाबाट नेपालगञ्जका लागि हुने हवाई उडानको टिकटमा कोटा ९भागबन्डा० प्रणाली लागू गरिएको छ । थप व्यवस्थित र स्थानीयबासीका लागि सहज बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले नयाँ कोटा प्रणाली लागू गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा कात्तिक २९ गते बसेको जिल्लाका सरोकारवालाहरूको सर्वपक्षीय बैठकले सिमकोट–नेपालगञ्ज हवाई टिकटमा कोटा प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि हवाई टिकट पाउन स्थानीयबासीलाई कठिनाइ भएको र टिकट वितरणमा अपारदर्शिता बढेको गुनासो आइरहेपछि जिल्ला प्रशासनले यो निर्णय गरेको हो । निर्णय अनुुसार, बिरामीका लागि २ सिट भाग लगाइएको छ ।

यस्तै, सरकारी कर्मचारीका लागि ३ सिट दिइएको छ । सरकारी कामको सिलसिलामा यात्रा गर्ने कर्मचारीहरूका लागि तीन सिट निर्धारण गरिएको छ । यी सिटहरूको सिफारिस र व्यवस्थापन जिल्ला प्रशासनले गर्ने निर्णयमा उल्लेख छ ।

यस्तै, एयरलाइन्सले अनलाइन प्रणालीमा ३ सिट वितरण गर्न पाउने छ । एयरलाइन्स कम्पनीहरूले आफ्ना उडानका लागि तीन ९३० सिट अनलाइन प्रणालीमार्फत वितरण गर्न पाउनेछन्,’ निर्णयमा भनिएको छ । एयरलाइन्सले अग्रिम सूचनाका साथ यी सिटहरू खुलाउनुपर्ने छ । यदि इन्टरनेटको पहुँच नभएको अवस्थामा भने लाइन मार्फत पनि सिट उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ ।

सिमकोट गाउँपालिकाका वडालाई २ सिट छुट्याइएको छ । सिमकोट गाउँपालिकाका स्थानीय बासिन्दाको सुविधाका लागि वडा नम्बर ५ र वडा नम्बर ६ लाई एक–एक सिट उपलब्ध गराउने निर्णय भएको प्रशासनले जनाएको छ ।

‘यसका लागि सम्बन्धित वडा कार्यालयले यात्रुको सिफारिस गर्नुपर्ने छ,’ निर्णयमा भनिएको छ, ‘बाँकी सिट एयरलाइन्सको प्राथमिकतामा हुुनेछन् ।’
बाँकी रहेका सिटहरूलाई एयरलाइन्स कम्पनीहरूले ग्राहक मैत्री र सहजताको आधारमा वितरण गर्न सक्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय