जुम्ला, मंसिर ६ गते । जुम्ला जिल्लाका आठवटै स्थानिय तहमा नेपाली कम्युनिष्ट पाटिले एकैसाथ ‘एकता सन्देश भेला’ हुने भएको छ । नेपाली कम्युनिष्ट पार्टीको आयोजनामा मंसिर ७ गते जुम्लाका सम्पूर्ण पालिकाहरूमा एकसाथ ‘एकता सन्देश भेला’ हुन लागेको हो । जिल्ला स्तरीय एकताको सन्देस भेला सम्पन्न भएपछि मंसिर ७ गते जिल्लाका आठवटै स्थानीय तहका एकता सन्देश भेला एकैसाथ सम्पन्न हुने भएका छन् । तालिकामा अनुसार मंसिर सात गते चन्दननाथ नगरपालिका सहित जिल्लाका सवै गाउँपालिकामा केन्द्रीय आयोजक समितिका नेताहरुको नेतृत्व भेला सम्पन्न हुने भएको छ । उक्त भेलमा केन्द्रिय कमिटि, प्रदेश कमिटिका प्रतिनिधि खटाएको नेपाली कम्युनिष्ट पाटिका केन्द्रिय सदस्य नरेश भण्डारिले जानकारि दिनु भएको छ ।

त्यसैगरि, कनका सुन्दरि गाँउपालिकामा पदम वहादुर रोकाय र राज जङ्ग हमाल, सिजा गाँउपालिकामा दल वहादुर जिसि र राज वहादुर खत्रि, तिला गाँउपालिकामा लक्ष्मि कन्य वुढा र जोग वहादुर रावल, तातोपालि गाँउपालिकामा विर वहादुर कुवर र हिमालयन खत्रि, गुठिचौर गाँउपालिकामा नवराज न्यौपाने र जगत वहादुर रावत, पातारासि गाँउपालिकामा गोमा गौतम(कुवर) र दिप वुढा र चन्दननाथ नगरपालिकामा नरेश भण्डारि, नरेन्द्र नाथ योगि, विष्णु वहादुर महत र अज रावत खटिनु भएको छ ।आफ्नो पालिकाको केन्द्रकमा उपस्थितिको लागी सवैमा भागिताका लागि अगुवा कार्यकर्तालाई आह्वान गरिएको छ ।

यसैगरी जिल्ला एकता सन्देस भेलामा नेपाली कांग्रेस १३ जना र नेकपा एमाले त्यागेर १ जना यूवा नेपाली कम्यूनिष्ट पार्टीमा प्रवेस गरेका छन् । जिल्लाको पातारासी गाउँपालिका वडा नम्बर २ का ति यूवाहरुलाई प्रमुख अतिथि नेता भण्डारी सहितका विशिष्ट नेताहरुले दोसल्ला र अविर लगाएर पार्टीमा प्रवेश गराएका छन् । नेपाली कम्युनिष्ट पार्टीको आयोजनामा मंसिर ७ गते जुम्लाका सम्पूर्ण पालिकाहरूमा एकसाथ ‘एकता सन्देश भेला’ गरिएकोले सहभागिताका लागि अगुवा कार्यकर्तालाई आह्वान गरिन्छ ।






