Wednesday, November 4, 2026

काठमाडौँ – नेकपा एमालेले शुक्रबार घोषणा गरेको ‘नेसनल भोलेन्टियर्स फोर्स’को इन्चार्जमा सिन्धुलीका पुष्पराज श्रेष्ठलाई नियुक्त गरेको छ। ४३ वर्षीय श्रेष्ठले २०६३ देखि २०७५ सम्म ज्यान मार्ने उद्योग (४ वटा), अपहरण, लुटपाट, अभद्र व्यवहार र धाकधम्की गरी ७ वटा आपराधिक मुद्दा खेपेका छन्।

प्रहरी अभिलेखअनुसार श्रेष्ठमाथि गगन सिंह, विजय मुनाल, अविनास रिजाल, राजन घिसिङ, जीवन श्रेष्ठ, गणेश कुँवर र रामबहादुर कट्वालमाथि कुटपिट, गोली हान्ने, अपहरण, बन्धक बनाउने र लुटपाटका आरोप छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यो फोर्सलाई “हिंसा र अराजकताविरुद्ध” खडा गरिएको बताए पनि यसको कमान्डरमा आपराधिक पृष्ठभूमिका व्यक्ति नियुक्त भएको विषयले व्यापक आलोचना भइरहेको छ।