Tuesday, November 3, 2026

जुम्ला : नेपाली कम्युनिष्ट पार्टीले देशैभर गर्ने एकता सन्देश सभाको तालिका सार्बजनिक भए संग जुम्लाले पनि एकता सन्देशकाे भेला साेमबार सार्वजनिक गरेको छ ।

 जुम्ला सदरमुकाम खलङ्गा बजारमा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीका उपलब्ध आयाेजक कमिटीको बैठकले जिल्लाका आठवटै स्थानीय तहमा गरिने एकता सन्देश सभा गर्ने छलफल भएको नेकपा माओवादी केन्द जुम्लाका पुर्व सह-इन्चार्ज तथा नेपाली कम्युनिस्ट पार्टीका आयाेजक कमिटी सदस्य दल जिसीले बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीले मङ्सिर ५ गते सदरमुकाम खलङ्गा बजारमा एकता सन्देश सभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार यहीँका सबै स्थानीय तहमा एकता सन्देश मंसिर भित्र सम्पन्न गरिने नेपाली कम्युनिष्ट पार्टी जुम्लाले जनाएको छ।

‘एकता सन्देश भेला’ आयोजना गरेकोले सहभागिताका लागि सक्रिय कार्यकर्तालाई आह्वान समेत उक्त पार्टीले गरेको छ।

जिल्लास्तरीय एकता सन्देश भेला काे समय तालिका
१, मंसिर ५ ⏰ ११:०० बजे
स्थान : उद्योग वाणिज्य संघको हल

पालिकास्तरीय एकता सन्देश भेला
१, कनकासुन्दरी
मंसिर ७ ⏰ ११:०० बजे 📍 पालिका केन्द्र
२, सिन्जा
४,मंसिर ८ ⏰ ११:०० बजे 📍 पालिका केन्द्र
३, हिमा
मंसिर ९ ⏰ ११:०० बजे 📍 पालिका केन्द्र
४, तिला
मंसिर १० ⏰ ११:०० बजे 📍 पालिका केन्द्र
५, तातोपानी
मंसिर ११ ⏰ ११:०० बजे 📍 पालिका केन्द्र
६, चन्दननाथ
मंसिर १२ ⏰ ११:०० बजे 📍 पालिका केन्द्र
७,गुठीचौर
मंसिर १३ ⏰ ११:०० बजे 📍 पालिका केन्द्र
८, पातारासी
मंसिर १४⏰ ११:०० बजे 📍 पालिका केन्द्र
वडास्तरीय एकता सन्देश भेला
१, मंसिर १५ ⏰ ११:०० बजे 📍 सम्पूर्ण वडापालिका केन्द्र