सरकारले २०७३ सालबाटै सामाजिक
सुुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीबाट सुरु गरेको थियो। तर, भत्ता बैंकमार्फत वितरण गर्ने प्रणाली पारदर्शी भएपनि सेवाग्राहीका लागि कष्टकर बनेको छ । जनप्रतिनिधि र वडाका कर्मचारीमार्फत घरमा बसेर भत्ता बुझ्दै आएका गुठिचौरका लक्षित वर्गका लाभग्राहीलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि बैंकसम्म पुग्न, बैंकिङ प्रणालीका कागजी प्रक्रिया मिलाउन र भत्ता बुझ्न सास्ती भइरहेका बेला पालिका सरकारले भने वडा–वडामा पुुगेर भत्ता वितरण गरेको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि अनिवार्य आफैँ बैंक पुग्नुपर्ने र बैंकमा कागजी प्रक्रिया पनि आफैँले मिलाउनुपर्ने भएपनि जेष्ठनागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नुु परेपछि जुम्को गुठिचौर ँपालिकाले वडामै पुुगेर भत्ता दिएको छ। वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता बुझ्न नै महाभारत हुँदै आएको बेला स्थानीय सरकारले वडामै पुगेर भत्ता दिनको छ। गाउँ घरबाटै भत्ता पाउन थालेपछि जेष्ठ नागरिक उत्साहित भएका छन्।
गुठिचौर गाउँपालिका–२ का च्यउचि वुढा ७१ वर्षको पुग्नुुभयो। उहाँलाई सामाजिक सुरक्षा भत्ता बुझ्नै महाभारत हुने गरहेको थियो । उहाँले भनुभयो ‘निर्वाचनका बेला बृद्धभत्ता वडाबाट दिन्छौं भन्थे, त्यतिबेला विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेको प्रतिवद्धता अनुसार नै काम सुरु गरेकोमा निकै खुसी लागेको उहाँले वताउनु भएको छ।
घरबाट गाउँपालिकाको कार्यालय धवमुडि पुग्नै १दिन लाग्ने गरेको वताउनुभयो। वृद्धभत्ता बुझ्न गाउँपालिकाको झारज्वाला लक्ष्मि सनराईज वैकमा पुग्नुपर्ने बाध्यताले सेवाभन्दा बढी सास्ती हुने गरेको वुढाले सुनाउनुभयो। तर अहिले यो समस्याबाट उहाँ जस्तै सयौँ लक्षित व्यक्तिले छुटकारा पाएका छन्। गाउँपालिका र वैकले वडाबाटै भत्ता बाँड्न थालेपछि नागरिकलाई सास्ती कम भएको वुढाले सुनाउनुभयो । ‘बुढेसकालमा धेरै सहज भयो, दुई÷चार खुड्किलो टेक्दा वडामा पुगिन्छ, त्यहीबाट भत्ता पाएको उहाँले वताउनुभयो। ‘वडाबाट भत्त पाउदा सबै सास्ती कम भएको उहाँको भनाई छ।’
गुठिचौर १ मनिसाँगुकी असारि रोकाया अपाङ्ग हुनुहुन्छ । उहाँको शारीरिक दुर्बलताले पाउने सामाजिक सुरक्षा भत्ता लिनै सधैं कष्ट हुने गरको थियो। वरपरका छिमेकीको सहयोगमा गाडिमा वा बोकेरै उहाँलाई लैजानु पर्ने हुथ्यो । तर वडाबाटै भत्ता वितरण सुरु भएपछि अहिले राहत मिलेको उहाँले वताउनु भएको छ। अहिले वडाबाटै बाँड्न थालेपछि बैक धाउनुपर्ने बाध्यता कम भएको रोकायाले बताउनुभयो ।
गाउँपालिकाले आफ्ना नागरिकलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गुठिचौर गाँउपालिका वडा ७५ जनाले भत्ता पाएको वडा सचिव हरिस चन्द गिरिले जानकारि दिनुभयो । नागरिकको सेवालाई सहज बनाउने उद्देश्यले वडाबाट भत्ता वितरण गरिएको गुठिचौर गाँउपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिप वहादुर ऐडिले बताउनु भएको हो। वडा नम्बर २ मा ८९ जनाले भत्ता वुझेको वडाअध्यक्ष ऐडिले जनाएका छन् । गुठिचौर गाँउपालिका वडा १ र २ मा गरि १ सय ६४ जना भत्ता वुझेका छन् । भौगोलिक विकटताका कारण बैंकिङसम्म कष्टकर यात्रा गरी धाउनुपर्ने सास्तीलाई कम गर्न स्थानीयस्तरबाटै भत्ता वितरण गर्न थालिएको वडाअध्यक्ष ऐडिले वताउनुभयो । गाउँपालिका पञ्जिकरण सेवा ईकाईको आयोजना तथा लक्ष्मि सनराईज बैकको समन्वयमा पालिकाले वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। यातायातको पहुँच कम भएका वडाहरु १ र २ वडामा पुगेर भत्ता वितरण गरिएको छ । यस्तै गाउँपालिकाले चालु आवको पहिलो त्रैमासिक वडामै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो । वडाबाटै भत्ता बुझेपछि वृद्धवृद्धाहरू उत्साहित देखिएका थिए।
गुठचौर गाँउपालिका वडा १ कि डुमि कठायत ६३ वर्षको उमेर भयो । उहाँलाई वैकसम्म आउन जानै समस्या’ हुने गरेको सुनाउनुभयो, ‘अहिले त गाउँपालिका र जनप्रतिनिधिले जेष्ठ नागरिकको मनको कुरा बुझेर होला वडाबाटै भत्ता बुझ्ने व्यवस्था गरेकोमा खुशि लागेको वताउनुभयो । गाउँपालिकाको दोस्रो त्रैमासिक पुषमा वितरण गरिने गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख धन प्रसाद न्यौपानेले बताउनुभयो।
उहाँले भनुभयो, यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीबाट बदमासी भएको भन्दै लाभग्राहीलाई बैंक खातामार्फत भत्ता दिने नीति बनाए पनि भत्ता लिन बैकमै पुग्नुपर्ने भएकाले वृद्ध तथा अशक्तले झन्झट र दुःख सास्ती व्यहोर्नु परेको थियो । बैंक खाता अनिवार्य गरेपछि बैंकसम्म पुग्न भौगोलिक कठिनाइले सकस हुने गरेको लाभग्राहीबाट गुनासो आएपछि कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा भत्ता वितरण गर्न थालिएको गुठिचौ २ का वडा अध्यक्ष ऐडिले वताउनु भएको छ् । बैंकहरूले सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीको सहजताका लागि छुट्टै व्यवस्था नगरेका कारण पालिकाका नागरिकले सास्ती कम गर्नका लागी बैंकसँग समन्वय गरेको वडा अध्यक्ष ऐडिले वताउनु भएको छ।
पालिकाहरूले पालिकाभित्रैका बैंकमार्फत भत्ता वितरण गर्ने नीति ल्याए पनि पालिकाको केन्द्र पुग्न दिनभर हिँड्नुपर्ने वा महँगो रकम तिरेर सवारी रिजर्भ गर्नुपर्ने बाध्यता छ। भनेको वेलामा यातायात पाउनपनि गाह्रो अवस्था छ, अधिकांश सामाजिक सुरक्षा भत्ता लिने उमेर समूहका मानिस अरूको सहारा लिनुपर्ने अवस्थाका छन्। परिवारका सदस्य वा छिमेकीको सहारा लिने लाभग्राहीले बुझेको भत्ताको केही प्रतिशत सहयोग गर्नेलाई दिने गरेका छन् ।






