जुम्ला । नेकपा माओवादी केन्द्रका नेता कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भिम बहादुर भण्डारीले नेता जनार्दनलाई एकता र हातेमालो गरेर अगाडि बढन आग्रह गर्दै खुला पत्र लेखेका छन् ।
पत्रमा अध्यक्ष भण्डारीले जनार्दनले हालै गरेको पत्रकार सम्मेलनले माओवादी कार्यकर्तामा चिन्ता र निराशा उत्पन्न भएको बताएका छन् । उहाँले भन्नुभयो ? यतिबेला विभाजनको होइन एकताको झण्डा बोकेर अगाडि बढौं । माओवादी पार्टीको इतिहासलाई नबिगार्न पनि उहाँले आग्रह गर्नुभएको छ। हामीले यतिबेलाको समय भनेको काँधमा काँध र हातमा हात जोडेर अगाडि बढ्ने बेलाको समय भएको उहाँको भनाइ छ। सबै मिलाउँ देशमा ठूलो कम्युनिष्ट पार्टी बनाउँ व्यवस्थासँगै जनताको अवस्था पनि बदलौं उहाँले भन्नुभयो । उहाँ लेखेका छन् :
“यहाँले गर्नु भएको कदम प्रतिकृयावादी शक्तिका लागि सही देखिएला, तर देश र जनताको लागि होइन ।”
भण्डारीले पार्टी विभाजनले आन्दोलन कमजोर बनाउने चेतावनी दिँदै भनेका छन्, जनताले तपाईंप्रति ठूलो भरोसा राखेका छन्, त्यसलाई निराशामा नफेरौं । विभाजनको होइन, एकताको झण्डा बोकौं ।
वडा अध्यक्ष भण्डारीले जनार्दन शर्मालाई माओवादी पार्टीको ऐतिहासिक यात्रा नबिगार्न र अध्यक्ष कमरेडसँग हातेमालो गरेर अघि बढ्न आह्वान गरेका छन् । भण्डारीको भनाइमा, हामी तपाईंकै वैचारिक बाटोबाट प्रेरित छौं, अब फेरि पनि गल्ती सच्याएर प्रभावशाली नेता बन्न सक्नुहुन्छ ।
भण्डारीले विगतमा पार्टी फुटाएर गएको नेताहरूको हबिगत हेरेर शिक्षा लिनुपर्ने पनि बताएका छन् । हिजो पार्टी फुटाएर गएकाहरूले देश र जनताका लागि केही उपलब्धि दिन सकेनन्, ।
यदि उनीहरूले राम्रो गरेका भए आज जनताले उनीहरूलाई साथ दिने नै थिए । पत्रको अन्त्यमा उनले जनार्दनलाई पुनः पार्टी एकताको मार्ग रोज्न आग्रह गर्दै लाल सलाम प्रेषण गरेका छन् ।
भिम भण्डारीको यो पत्र हाल जुम्ला र सिँजा क्षेत्रमा चर्चाको विषय बनेको छ ।






