जुम्ला, जुम्लाको चन्दननाथ नगरपालिका – ६ को जनसेवा यूवा क्लब (बी) ले चन्दननाथ-३ ले आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।आइतबार भएको फाइनल खेल आयोजक क्लब चन्दननाथ–३ र जनसेवा यूवा क्लब (बी) बीच पेनाल्टी सुटआउटमार्फत सम्पन्न भएको थियो। निर्धारित समयको दुई हाफमा दुबै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। यसमा जनसेवा यूवा क्लब (बी) ले आयोजक क्लबलाई ६–५ गोलको अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि आफ्नो नाम गरेको छ।फाइनल खेलमा आयोजक क्लब चन्दननाथ–३ ले अन्तिम पेनाल्टीमा गोल गर्न नसक्दा उपविजेतामा सिमित हुनुपरेको थियो।उपाधि विजेता जनसेवा यूवा क्लब (बी) लाई नगद करकट्टी सहित १ लाख एक हजार रुपैयाँ ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ। उपविजेता चन्दननाथ–३ लाई नगद करकट्टी सहितको ५० हजार ५ सय रुपैयाँ मेडल तथा प्रमाणपत्र प्रदान गरिएको जानकारी प्रतियोगिता आयोजना समितिका संयोजक राज बहादुर खत्रीले बताए।प्रतियोगितामा उपविजेता टिमका अविशेक बुढथापाले सबै भन्दा बढी चार गोल गर्दै गोल्डेन बुट हात पारे, भने प्रतियोगिताका उत्कृष्ट गोल किप्पर विजेता टिमका महेश शाही हुन सफल भए। त्यस्तै प्रतियोगिताबाट उदयमान खेलाडीको ट्रफी फोइकालिका एफसीका सत्यम हमाल बन्न सफल भए।त्यस्तै प्रतियोगिताका उत्कृष्ट डेफेन्डर विजेता टोलीका विवि शाही भए भने उत्कृष्ट फर्वार्ड पनि विजेता टिमका यतिस रोकाया भए त्यस्तै बेस्ट प्लेयर्स अफ द टुर्नामेन्ट उपविजेता टिमका चक्र लामा बन्न सफल भएको आयोजक टिमका राज बहादुर खत्रीले बताए।प्रतियोगिता गत कार्तिक ३ गते देखि नेपाली सेनाको खेलमैदान, टुडिखेलमा सुरु भएको थियो। प्रतियोगितामा जिल्लाभरीबाट ४४ वटा टिमले सहभागिता जनाएका थिए। विजेता तथा उपविजेतालाई चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायत, उपमेयर रामदेवी खड्का लगायत विशिष्ट व्यक्तिहरूद्वारा पुरस्कार प्रदान गरिएको थियो।यूवाहरूलाई खेलमा प्राथमिकता दिनु राज्यको दायित्व हो।प्रतियोगिता अन्त्य कार्यक्रममा चन्दननाथ–३ का वडाध्यक्ष रतन खत्रीले आफ्नो अभिव्यक्तिमा भने, “यूवाहरूलाई खेलकुदमा प्राथमिकता दिनु राज्यको दायित्व हो। हामीले पनि यसै लक्ष्यका लागि हाम्रो वडा स्तरबाट खेलकुद कार्यक्रमलाई प्राथमिकता दिएका छौं। खेलकुदले युवा पुस्तालाई अनुशासन, साहस र एकता सिकाउँछ। यसै कारण हाम्रो वडा स्तरमा खेलकुद कार्यक्रमलाई सधैं अघि राख्नेछौं।”त्यसैगरी, प्रतियोगिता संयोजक तथा वरिष्ठ खेलाडी राजबहादुर खत्रीले पनि धन्यवाद ज्ञापन गर्दै भने, “यस प्रतियोगितालाई सफल बनाउन योगदान दिने सबै क्लब, प्रशिक्षक, खेलाडी र सहयोगीहरूलाई हाम्रो हार्दिक आभार व्यक्त गर्दछु। खेलकुदले समुदायमा आपसी सम्बन्ध मजबुत बनाउने मात्र होइन, युवालाई स्वस्थ र सक्रिय राख्न ठूलो भूमिका खेल्छ। यस प्रकारका कार्यक्रमहरू निरन्तर सञ्चालन हुनु आवश्यक छ र हामी सबैले मिलेर यस दिशामा प्रयास जारी राख्नुपर्छ।”यो अवसरमा आयोजक पक्षले मात्र नभएर सहभागी टोली र स्थानीय प्रशासनले पनि युवा खेलाडीहरूलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेलेको कुरामा जोड दिइयो।फुटबल प्रतियोगिता चन्दननाथ नगरपालिका -३ वडा कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजना गरिएको थियो।

गुठीचौर गाउँपालिका ५ को सुचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय