जुम्ला, जुम्लाको गुठिचौर गाउँपालिका-१ को खेलमैदान विगत केही दिनदेखि उत्साह, जयघोष र प्रतिस्पर्धाको रंगले रन्किएको थियो। कार्तिक ९ गतेदेखि सुरु भएको “प्रथम वडा कप खुला पुरुष भलिबल प्रतियोगिता–२०८२” शुक्रबार भव्य समापनसँगै स्थानीय खेलकुद इतिहासमा नयाँ अध्याय लेखेर सम्पन्न भएको छ।खेलकुदमार्फत एकता, उत्साह र भाइचाराको सन्देश फैलाउने उद्देश्यले आयोजित प्रतियोगितामा जुम्ला, कालिकोट, जाजरकोट र डोल्पा गरी चार जिल्लाका १३ टिम हरको जोशिलो सहभागिता रहेको थियो।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कालिकोटको नरहरीनाथ गाउँपालिका–४ ले उपाधि जित्न सफल भयो,भने जाजरकोटको बारेकोट गाउँपालिका–१ उपविजेता बन्यो। विजेता टिमले १ लाख ११ हजार १ सय ११ नगद, मेडल, प्रमाणपत्र र ट्रफी हात पारेका छ।उपविजेताले ७३ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित प्रमाण पत्र, मेडल र ट्रफि प्रदान गरिएको थियो । तृतिय जुम्ला पातारासी गाउँपालिका- ६ को टिम भएको छ । उक्त टिमले ३७ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित प्रमाण पत्र, मेडल र ट्रफि प्राप्त गरेको छ ।दर्शकहरूकाे उत्साह झल्किन्थ्यो। स्थानीय युवादेखि वृद्धसम्मको सहभागिताले प्रतियोगितालाई उत्सवजस्तै माहोल बनाएको थियो। टाढा–टाढाबाट आएका खेलाडी र दर्शकले स्थानीय बजारमा पनि नयाँ जीवन्तता थपे।समापन समारोहमा गुठिचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुन कुमार महताराले खेलकुदले युवामा अनुशासन, आपसी सहकार्य र नेतृत्व विकासको भावना जगाउने बताए।उनले भने,“हाम्रो वडामा पहिलो पटक यस स्तरको प्रतियोगिता आयोजना भएको हो। टाढा टाढाबाट आएका खेलाडी र दर्शकले जुन उत्साह देखाउनुभयो, त्यसले हामीलाई आगामी वर्ष अझ ठूलो स्तरमा आयोजना गर्ने हौसला दिएको छ।”महताराले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै खेलाडी, अतिथि, दर्शक, स्थानीय बुद्धिजीवी, आमाबाबु तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरे।पहिलो पटक आयोजना गरिएको वडा कपले स्थानीय युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाएको छ। खेलमैदानमा उमंग मात्र होइन, गाउँस्तरमै खेल पूर्वाधार विकासको आवश्यकता र सम्भावनाको चर्चा पनि बढेको छ।अध्यक्ष महतारा अनुसार आगामी वर्ष अझ फराकिलो रूप र उच्च व्यवस्थापनसहित दोस्रो संस्करण आयोजना गरिनेछ।गुठिचौरको पहिलो वडा कप केवल भलिबल प्रतियोगिता मात्र होइन, यो स्थानीय एकता, सहभागिता र सहकार्यको प्रतीक बन्यो। युवाहरूमा खेलकुदप्रतिको ऊर्जा र जिम्मेवारीको भावना जगाउँदै यसले गाउँस्तरको खेल संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याएको छ।गुठिचौरको माटोमा बल उछालिए पनि, त्यसको प्रभाव अब दीर्घकालीन प्रेरणाको रूपमा स्थायी बन्ने देखिन्छ, “खेलकुदबाट विकास, एकता र पहिचान” भन्ने सन्देश दिएको छ।

गुठीचौर गाउँपालिका ५ को सुचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय