Thursday, November 5, 2026

जुम्ला, जुम्लाको गुठीचौर गाउँपालिकामा सुशासन अभियान अन्तर्गत  १५ वटा मोटरसाइकल पालिकामा रुजु भइसकेका छन्। अब भने १८ वटा मोटरसाइकल पालिकामा रुजु हुन बाँकी रहेका छन् । आर्थिक रूपमा पारदर्शिता र सेवा प्रवाहका हिसाबले पनि निकै अब्बल पालिका बनाउन सुशासन अभियान थालेको हो । जस अभियान अन्तरगत गुठिचौर गाउँपालिकालाई सुशासन अभियानका लागि गाउँपालिका कार्यापालिकाको मिति २०८२/०६/२८ गतेको निर्णय, पत्रकार सम्मेलन मिति २०८२/०६/२९ र गापाको च. न. ४०६ मिति २०८२/०६/३१ गतेको पत्र बमोजिम पालिकामा हालसम्म १५ वटा मोटरसाइकल आएको जेन्सी शाखा प्रमुख बालकृष्ण चौलागाईंले जानकारी दिनुभयो । अझै १८ वटा बाइक आउन बाँकी रहेको उहाँले बताउनुभयो। बाइक बुझाउने क्रम जारी रहेको उहाँले बताउनुभएको छ।

सुशासन अभियान अन्तर्गत गुठीचौर गाउँपालिका प्राविधिक शाखाका सबै बाहेक बुझाइएको प्राविधिक मिमबहादुर भण्डारीले बताएका छन्। उहाँले पालिकाको सुशासन अभियानमा सबैले साथ दिन पनि अनुरोध गर्नुभएको छ।हामी सुशासनको पक्षमा छौ। सरकारले गरेका हरेक कानुन बमोजिमका निर्णयहरु कार्यान्वयनमा हरपल अगि बढ्ने छौ उहाँले भन्नुभयो ।

‘अब पालिकामा हुने अनियमितता नियन्त्रण, सवारीसाधनको दुरुपयोग रोकथाम, भ्रमण भत्तामा अनुशासन कायम गर्नुका साथै निस्वार्थ भावनाका साथ सेवा सञ्चाल गर्ने पालिका अध्यक्ष दानबहादुर बुढाले बताउनुभयो ।, उहाँले भन्नुभयो, ‘अब सुशासन र पारदर्शिताका क्षेत्रमा कर्णालीकै अब्बल पालिका बनाउने अभियानको लागेको बताउनुभएको छ। अध्यक्ष बुढाले आफूले पनि सवारीसाधनको प्रयोग नगर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । ‘म पनि सरकारी काममा बाहेक अन्य काममा सवारीसाधनको प्रयोग गर्दिनँ र अरुले पनि सरकारी कामबाहेक व्यक्तिगत प्रयोजनमा सवारीसाधन प्रयोग गर्न पाउने छैनन् उहाँले भन्नुभयो।’

 गुठिचौर गाउँपालिकाको यो निर्णयले सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिताको नयाँ आयाम थपेको  छ। ‘अब सरकारी गाडी जनताको कामका लागि चल्ने छ, व्यक्तिगत कामका लागि होइन,’ पालिकाको कदम स्थानीय तहमा सुशासन र जिम्मेवारीको उत्कृष्ट उदाहरण बनेको छ।