सुर्खेत, कुनै पनि बिरामीले स्वास्थ्यकर्मी भन्न बित्तिकै भगवान सम्झिन्छन्। कुनै ठाउँका स्वास्थ्यकर्मीले पिठिउमा औषधि बोकेर भएपनि सेवा गरिरहेका कुरा नसुनिएका होइनन्, कतै भने सेवा लिन आउँदा पनि अपमानजनक र दुर्व्यवहार भएका कुराहरु धेरै आउने गरेका छन्। सुर्खेतको लेकबेसी नगरपालिका-४ मा रहेको नगर अस्पताल दशरथपुर स्वास्थ्यकर्मीले रुखो बोली र दुर्व्यवहार गर्ने गरेको पाइएको छ । सुर्खेतको लेकबेसी नगरपालिका-४ का विराज विकका बुवाको खुट्टो पोलिएको घाउ उपचार गराउनका लागि स्वास्थ्य चौकी पुग्नुभयो। स्वास्थ्यकर्मीलाई सोध्दा स्वास्थ्यकर्मीले ब्यान्डेज छैन बाहिरबाट ल्याउनुपर्छ भन्नुभयो, उहाँले ब्यान्डेज पनि बाहिरबाट लिएर उपलब्ध गराउनुभयो र सो कुरा फेसबुक मार्फत सार्वजनिक गर्नुभयो। पुनः बुवाको ड्रेसिङको लागि २७ गते नगर अस्पताल जानुभयो । सोही ठाउँ फार्मेसी डिपार्टमा काम गर्ने एक कर्मचारीले हेपाह प्रवृत्तिमा अस्तिको विषय के हो भाइ तिमीलाई के भएको भनेर पेश हुनुभयो । उहाँले प्रयोग गर्नुभएको शब्दहरूले आफूलाई हेपेको र आत्म सम्मानमा ठेस पुगेको बताउनुभयो । आवश्यक परे निज कर्मचारीको नाम पनि खुलाउने बताउनुभयो। सोहि कुरा उहाँले मात्र नभई यो घटना प्रकाशित गरिसकेपछि थुप्रै सेवाग्राहीहरूले कर्मचारीहरूले रुखो बोल्ने अवद्र व्यवहार गर्ने गरेको उहाँलाई जानकारी दिनुभयो । उपचारभन्दा पनि स्वास्थ्यकर्मीको रुखाे व्यवहारले गर्दा बिरामीहरू दुखित हुने गरेका छन्। यो अस्पताल लेकबेसी नगरपालिकाको मुटु भन्दा पनि फरक पर्दैन। किनभने यहाँ लेकबेसी नगरपालिकाका हजारौं मानिसहरू उपचार गर्न आउने गरेका छन्।
नगर अस्पतालका इन्चार्ज कर्ण आचार्यले अब यस्ता कामहरू नदोहोरिने बताउनुभएको छ । उहाँले अस्पताललाई थप मजबुत बनाउँदै अगाडि बढ्ने बताउनुभयो। आफू नगर अस्पतालमा नभएको र त्यो सुन्न बित्तिकै त्यसो नगर्न निर्देशन दिएको इन्चार्ज आचार्यले बताउनुभयो। अब आउने दिनहरूमा यस्ता गल्ती कमजोरी नगर अस्पतालबाट नहुने उहाँको भनाइ छ। नगर अस्पतालको विकास र मजबुत बनाउनका लागि सबैको सल्लाह सुझाव आवश्यकता रहेको उहाँले बताउनुभयो बताउनुभयो।
हामीकहाँ सरकारी कार्यालयहरुमा मुस्कान सहितको सेवा भन्ने नीति नै छ । सरकारको यस्तो नीति भएपनि कर्मचारीहरुबाट त्यो बमोजिमको सेवा जनताले पाउन नसकिरहेको गुनासो आउने गर्दछ ।
नेपालमा सरकारी कर्मचारीले कार्यालयमा सेवाग्राहीसँग राम्रो व्यवहार गर्नुपर्ने तथा मिजास र मुस्कान सहित सेवा प्रवाह गर्नुपर्ने भनिए तापनि बाध्यता छैन ।






