सुर्खेत । सुर्खेतमा सवारी दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२–००१ ख ११२९ नम्बरको ईभी गाडी वीरेन्द्रनगर नगरपालिका–११, ठुलो ब्युरेनि नजिक रत्न राजमार्गमा आइतबार दुर्घटनाग्रस्त भएको हो । गाडी अनियन्त्रित भई सडक किनारमा पल्टिँदा चालकसहित विभिन्न जिल्लाका यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये पाँच जना जुम्लाका रहेका छन् भने अन्य सुर्खेत, दैलेख, कालिकोट र मुगुका यात्रु छन् । उनीहरूलाई तत्काल उद्धार गरी सुर्खेतस्थित देउती नर्सिङ होम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको विवरण यसप्रकार छः
चालक हरी मल्ल ९३८, बराहताल–४, सुर्खेत०, कम्मरमा चोट, अवस्था मध्यम
दिपेन्द्र दमाई ९१८, चन्दननाथ–१, जुम्ला०, बाँया हातमा चोट, अवस्था सामान्य
महेन्द्र शाही ९२८, सिंजा–५, जुम्ला०, बाहिरी चोटपटक छैन
लालबहादुर शाही ९३८, वीरेन्द्रनगर–३, सुर्खेत०, बाँया गालामा चोट
लक्ष्मी कठायत ९२७, स्थायी ठेगाना अज्ञात०, बाहिरी चोटपटक छैन
नरेश शाही ९३८, वीरेन्द्रनगर–११, सुर्खेत०, नाकमा चोट
पर्शुराम घर्ती मगर ९३५, लेकबेशी–६, सुर्खेत०, बाँया कुँधामा चोट
शम्सेर खड्का ९२३, दुल्लु–६, दैलेख०, बाहिरी चोटपटक छैन
देउती नर्सिङ होममा उपचाररतः
लक्ष्मण कार्की ९३०, दुल्लु–११, दैलेख०, टाउकोमा चोट
राज्य लक्ष्मी हमाल ९२४, सिंजा–३, जुम्ला०, दुबै हातखुट्टामा चोट
गणेश योगी ९२६, दुल्लु–१०, दैलेख०, दुबै हातमा चोट
रोशन बिक ९२२, पचालझरना–३, कालिकोट०, घाँटीमा चोट
ऐन रोकाया ९२२, सिंजा–४, जुम्ला०, छातीमा चोट
रक्षा धिताल ९१६, वीरेन्द्रनगर–१, सुर्खेत०, दुबै हातमा चोट
विष्णु शाही ९२२, वीरेन्द्रनगर–५, सुर्खेत०, टाउको, हात र खुट्टामा चोट
दिनेश शाही ९३२, सोरु–९, मुगु०, छाती र टाउकोमा चोट
श्री परियार ९२१, चन्दननाथ–१, जुम्ला०, कम्मर र हातमा चोट
सर्वसाधारणको भीडभाड हुने रत्न राजमार्ग क्षेत्रमा गाडी अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गम्भीर घाइते नभए पनि केहीको उपचार जारी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






