Wednesday, November 4, 2026

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकामा अज्ञात समुह द्वारा चोरी भएको छ ।  तातोपानी गाउँपालिका–४ ऐरेनीस्थित नन्दप्रसाद न्यौपानेको घरमा अज्ञात समूहले आक्रमण गर्दै तोडफोड र लुटपाट गरेको छ।

दिउसाेकै समयमा घरलाई लक्ष्य बनाउँदै आएको समूहले घरभित्रको सामग्री तोडफोड गर्नुका साथै नगद २ लाख ८३ हजार रुपियाँ र सुनचाँदीका गरगहना समेत लुटेको प्रारम्भिक जानकारी प्राप्त भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी राेहीत रसाइलीले जानकारी दिनुभयो ।

उ घटना मध्यराततिर घटेको हो। परिवारका सदस्यहरु घरभित्रै भयभीत अवस्थामा हुँदा अज्ञात समूहले ढोका फुटाउँदै प्रवेश गरी कोठा, कोठामा तोडफोड गर्दै नगद र गरगहना उठाएर फरार भएको पिडित नन्द प्रसाद न्याैपानेले बताए ।

लुटपाटपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। घटनापछि पीडित नन्दप्रसाद न्यौपानेले प्रहरीमा उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले घटनाबारे छानबिन सुरु गरेको जनाएको छ।