जुम्ला, नेपाल पत्रकार महासंघ शाखा जुम्लाद्वारा जिल्लाका तीन जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार जुम्लाले तीन जना पत्रकारलाई पत्रकारिताको विभिन्न क्षेत्रमा पु¥याएको योगदानका आधारमा आज पुरस्कार प्रदान गरेको हो ।
पुरस्कार प्राप्त गर्नेमा कर्णाली सवाल अनलाइनका प्रधान सम्पादक तथा संचालक विजय रावत, दूबो खबरका प्रधान सम्पादक काली बहादुर परियार र रेडियो नारी आवाजकी स्टेशन म्यानेजर लक्ष्मी न्यौपाने रहेका छन्। उनीहरूलाई क्रमशः कृषि तथा पर्यटन पत्रकारिता, युवा तथा खेलकुद पत्रकारिता, गौरी पदम स्मृति पत्रकारिता र पुरस्कारबाट सम्मान गरिएको हो।



महासंघले तोकिएको म्यादभित्र प्राप्त आवेदकमध्ये छनोट गरेका तीनै पत्रकारलाई जनही १० हजार रुपैयाँ नगद, कदरपत्र र दोसल्ला प्रदान गरिएको हो। पुरस्कार हस्तान्तरण गर्दै गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले पत्रकारहरू समाज रूपान्तरणका अग्रपंक्तिका पात्र भएको वातउनुभयो । उहाँले भनुभयो, जिम्मेवार र जनमुखी पत्रकारितामार्फत मुलुकको लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन पनि राम्रो भुमिका हुने वताउनुभयो ।
जिल्लाका लुकेका विभिन्न पर्यटकीय क्षेत्रलाई खोज अनुसन्धान गरि संचारका माध्यमबाट बाहिर ल्याउन पत्रकारिताको महत्त्वपूर्ण भुमिका रहेको छ। स्थानीय सरकारले सधैं मिडियासंग सहकार्य समन्वय गरेर अगाडि बढेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले जानकारी दिनुभयो । पुरस्कृत पत्रकारहरूको योगदानको प्रशंसा गर्दै स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर जनस्तरमा सशक्त आवाज उठाउन निरन्तर सक्रिय रहन पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण चौलागाईंको भनाइ छ ।
प्रधान सम्पादक रावतले पत्रकारिता मार्फत कृषि पर्यटन क्षेत्रमा मिडियाबाट गरेको कामलाई मुल्यांकन गरेर पुरस्कार पाउँदा आफू गौरवान्वित भएको बताउँदै पुरस्कारसँगै पत्रकारिता क्षेत्रमा जिम्मेवारी बढेको धारणा व्यक्त गर्नुभयो । रावत राष्ट्रिय समाचार समिति (रासस )र हिमालय टाइम्स राष्ट्रिय दैनिक जुम्ला संवाददाता समेत हुन।




