Thursday, November 5, 2026

जुम्ला । गुठिचौर गाउँपालिकामा दोर्साे पटक आकासे पर्व प्याराग्लाइडिङ महोत्सव सुरु हुने भएको छ। महोत्सवमार्फत स्थानीय तथा बाह्य पर्यटकलाई रोमाञ्चक अनुभव दिलाउने भएको हो । असोज ६ गतेदेखि आकासमा प्याराग्लाइडिङ उड्न सुरु गर्न लागिएको छ ।

गुठिचौर गाँउपालिका अध्यक्ष दान वहादुर वुढाले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्धन गर्न र साहसिक खेल गतिविधिलाई चलायमान वनाउन महोत्सव गरिएको वताउनुभयो । अध्यक्ष बुढाले भनुभयो,” स्थानीय आर्थिक स्तरलाई माथि उठाउन टेवा पुग्ने विश्वास लिएको वताउनुभयो । आकासे पर्व प्याराग्लाइडिङ महोत्सव पर्यटक र साहसिक प्रेमीका लागि विशेष आकर्षण बन्ने अध्यक्ष बुढाको भनाइ छ । उहाँले आकाशमा तैरिरहेको बेला सबै तनाव हराएर केवल स्वतन्त्रता र शान्ति मात्र महसुस हुनुभव सुनाउनुभयो ।

यस्तै गाउँपालिकाकि उपाध्यक्ष शान्तिकुमारी मल्ल(भण्डारी)ले महोत्सवले जुम्लाको प्राकृतिक दृश्यलाई आकाशबाट अवलोकन गर्ने र प्याराग्लाइडिङमा आकाशमा उड्दा अनुभव निकै अनौठो र रोमाञ्चक हुने वताउनुभयो् । उहाँले तलका हरियाली खेत, गाउँ, हिमाल देख्दा मन शान्त लाग्छ र माथिबाट हेर्दा संसार नै फरक र विशाल देखिने अनुभव सुनाउनुभयो ।

गाउँपालिकाको आर्थिक गतिविधि विस्तार गर्न योगदान पु¥याउने विश्वास व्यक्त गरेको प्रमुख प्रशासकीय अधिकृत मायाँ लक्ष्मी बुढाको भनाइ छ । हाम्रो ठाउँ अब केवल कृषिमा सीमित होइन, पर्यटनमैत्री गन्तव्यका रूपमा पनि चिनिने प्रमुख प्रशासकीय अधिकृत वुढाले वताउनुभयो् । महोत्सवमा प्रशिक्षित पाइलटसहितको सुरक्षित उडान सुविधा उपलब्ध रहेको उहाँको भनाइ छ ।
“आकाशमा २० देखि ३० मिनेटसम्म उड्न पाइने भएकाले सहभागीहरूले जीवनभर नबिर्सिने रोमाञ्चक क्षण अनुभव गर्नेछन्।” प्याराग्लाइडिङका लागि सेवा शुल्क गाउँपालिकाभित्रका पर्यटकका लागि ३ हजार ५ सय र बाहिरका लागि ४ हजार ५ सय तोकिएको छ। सहभागीले २० देखि ३० मिनेटसम्म आकाशमा उडान भरने मौका पाउनेछन् ।

महोत्सवमार्फत जुम्लाको पर्यटनलाई नयाँ आयाम दिने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ। यतिवेला पुग्ने जुम्ला पर्यटकले केवल स्याउको मिठास र हिमालको सौन्दर्य मात्र होइन, आकाशमा उड्ने साहसिक अनुभव पनि बटुल्ने छन् । कहिलेकाहीँ पाइलटले सानो घुमाउने (स्पिन) वा डाइभ गर्ने अभ्यास गर्दा मुटु जोरसँग धड्किन्छ, जसले अनुभव अझै रोमाञ्चक बनाउँने गरेको छ। अनुहारमा हावा लाग्दा निकै ताजगी अनुभव हुन्छ। प्याराग्लाइडिङमा आकाशमा उड्दा डर, आनन्द, रोमाञ्च र स्वतन्त्रताको अद्भुत मिश्रण अनुभव हुने गरेको छ।