Tuesday, August 25, 2026 | 6:51:55 AM

जुम्ला । गुठिचौर गाउँपालिकामा श्रमदानमार्फत सडक मर्मत गरेको छ । सविधान दिवसको दिन शुक्रबार गाउँपालिकाको वडा नम्बर ५ स्थित गाँउपालिका कार्यालय धलमुडिबाट चन्दननाथ नगरपालिका वडा नम्बर १ दानसाँगु झर्नेसम्मको सडकको मर्मत गरिएको हो । श्रमदाबाट गरिब ३ किलोमिटर सडक खाल्डाखुल्डि पुर्ने काम भएको हो । आगामि चाडवाडको समयमा आवत–जावत गर्ने पाहुनालाई ध्यानमा राखेर श्रमदान गरिएको हो । ससाना विकास निर्माणका काममा पनि सरकारकै मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला पालिकाले सडकमा श्रमदान गरेका हुन् ।


गाउँपालिकाका अध्यक्ष दान वहादुर वुढाले श्रमदानबाट सो क्षेत्रमा डोल्पादेखि जुम्ला जाने यातायात स्याउका गाडि, सवार गाडि,जिप, ट्याक्टर, अटो मोटरसाइकल चलाउन सहज हुनेगरी सडक मर्मत भएको बताउनुभयो । सो क्षेत्रमा केही बर्ष अघि सडकको ट्रयाक ओपन गरिएको थियो । तर पटक पटक कतै पहिरो जाने त कतै खाल्डाखुल्डि परेका थिए, सो सडक पुर्नका लागी श्रमदानमार्फत सडक मर्मत गरिएको हो। उहाँले भनुभयो, गाँउपालिका डोजर र ट्याक्टर भाडामा ल्याएर काम गरिएको हो ।
अध्यक्ष वुढाका अनुसार गाउँपालिकामा समय समयमा श्रमदानको कामलाई वढ्वा दिने वताउनुभयो। श्रमदानमार्फत गाउँपालिकामा सडक निर्माण, सरसफाई तथा आवश्यकता अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले सुनाउनुभयो । उहाँले भनुभयो, पालिकाभित्रका जनप्रतिनिधि र कर्मचारिले गरेको श्रमदानबाट सडक मर्मत क्रममा दश लाख रुपैयाँ बराबरको काम गरेका छन् ।


सडक अवरुद्ध हुदाँ स्थानिय बासिलाई आवतजावतका साथै स्याउ, आलुलगाएत कृषि उपज वजार पठाउन समास्य भएको थियो, सडक डिभिजनको भर प्रदा ढिलाई गरेपछि पालिकाबासिको सहजताका लागी शुक्रबार सविधान दिवसको दिन श्रमदान गरेर सडक निमार्ण गरिएको वताउनुभयो । गुठिचौर आलु र स्याउको पकेट क्षेत्रका रुपमा पनि चिनिन्छ ।
पालिका वडा–५ का वडा अध्यक्ष कमल वहादुर महतले दशैं तिहारलाई लक्षित गरेर गाँउपालिकाका कर्मचारि र जनप्रतिनिधिले सडक मर्मत सुरु गरेका हुन् । कामलाई राज्यको मुख ताक्ने सोचाईको विकास गर्न र पुर्खाहरुले चाडबाडमा गदै आएको प्रम्परागत श्रमदानको निरन्तरतालाई दिन श्रमदान गरिएको उहाँको भनाई छ । चाडवाडका समयमा आवत–जावत गर्ने पाहुनालाई ध्यानमा राखेर गाउँघरमा सडक, गल्ली, धारापँधेरा मर्मत तथा सरसफाइ गर्ने प्रचलन छ ।
श्रमदानमा गाँउपालिकाका उपाध्यक्ष शान्ति कुमाररि मल्ल(भण्डारि), पालिका वडा नम्वर ४ का अध्यक्ष टिकादत्त न्यौपाने, वडा नम्वर ५ का वडा अध्यक्ष कमल वहादुर महत, प्रमुख प्रशासकिय अधिकृत मायालक्ष्मि वुढा, प्रहरि चौकि झारज्वालाका इन्चार्ज तारा डागि सहित ५ जना, कार्यपालिका सदस्य बासमति कामी, वडा ५ का वडा सदस्य हरिचन्द्र धिताल, गंगा दमाई लगाएतको सहभागिता रहेको थियो । श्रमदान अभियान अव निरन्तर जारि रहने वताएका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय