जुम्ला । कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्र रारालीमा माथिबाट ढुङ्गा खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको हो। अहिले त्यहाँ सानो सवारी साधनहरू पास भइरहेका छन् भने ठूलो सवारी साधनलाई त्यहाँबाट आवतजावत गर्न समस्या भएको छ। उक्त ठाउँमा काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।
तिला गाउँपालिका १ रारालीमा आज बिहान ठूलो ढुङ्गा माथिबाट झरी सडक अवरुद्ध भएको जानकारी दिएको छ भने उक्त सडकमा सानो सवारी साधन मात्र पास हुने र हेभी सवारी साधनहरु आवतजावतमा बन्द भएको छ । अहिले पनि काम भइरहेको हुँदा छिटोभन्दा छिटो सञ्चालनमा आउने जानकारी दिएको छ । अहिले कालिकोट देखि जुम्ला र जुम्लादेखि कालिकोटसम्म जाने दर्जन बढी ठूला सवारीसाधन सडकमै रोकिएका छन् ।






