जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकास्थित कालिका आधारभूत विद्यालयको ६२ औँ वाषिर्कोत्सव विद्यालय परिसरमा सम्पन्न भएको छ । वाषिर्कोत्सवको मुख्य आर्कषणको रुपमा सांस्कृतिक कार्यक्रम र वाषिर्क पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रमको प्रमुख अथितिको आथित्यता ग्रहण गर्दै गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले विद्यालयको प्रगतिको शुभकामना दिनुभएको थियो।
उहाँले भन्नुभयो, विद्यालय विगतदेखि शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति अनवरत रुपमा क्रियाशिल रहेको बताउनुभएको छ । शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सफल भएको भन्दै अध्यक्ष बुढाले प्रशंसा गर्नुभयो।
गुठीचौर गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले विद्यालयको विकासका लागि अभिभावक शिक्षकको भूमिका उत्तिकै रहेको बताउनुभएको छ। उहाँले पालिकाले गर्नसक्ने सहयोग गरिरहेकै छ, बाँकी दिनमा पनि विद्यालयलाई गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

oppo_1026
गुठीचौर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टिकादत्त न्यौपानेले कालिका आधारभूत विद्यालयले शिक्षामा परिवर्तन ल्याएको अबका दिनमा पनि शिक्षाको विकासका लागि डिजिटल माध्यमबाट अगाडि बढिरहेको बताउनुभयो। उहाँले फरक प्रसङ्गमा सामुदायिक विद्यालयमा पढाउने शिक्षकका विद्यार्थी बोर्डिङ स्कुलमा पढ्ने गरेको सुनाउँदै उहाँले आफूमा विश्वास नगरेको टिप्पणी गर्नुभयो । अध्यक्ष न्यौपानेले भन्नुभयो, आफू विश्वास भए त शिक्षकहरुले आफ्नै विद्यालय पढाउथे आफूमा विश्वास नभएकै कारण बोर्डिङ स्कुलमा पढाउने गरेको बताउनुभएको थियो। boarding school भनेका एउटा व्यापारी भएको बताउनुभएको थियो। त्यसैले आफूले पठनपाठन गरिरहेको विद्यालयलाई उत्कृष्ट बनाउन लाग्नुपर्ने बताउनुभयो। एकपटक सबै मिलेर डिजिटल विद्यालय बनाउन मद्दत गर्नुपर्ने बेला आएको भन्नुभयो ।

गुठिचौर गाउँपालिका वडा नं १ का अध्यक्ष अर्जुन कुमार महतराले गैर दलितको बाक्लो बस्ती भएपनि यो विद्यालयमा ९०% दलित विद्यार्थी मात्रै अध्ययन गरिरहेको पाउँदा आश्चर्य लागेको बताउनुभएको छ। उहाँले भन्नुभयो, ९० प्रतिशत दलित विद्यार्थी पढिरहेको हुँदा आफ्नो तर्फबाट उहाँहरूको कापि,कलम र अन्य खर्चका लागि आर्थिक सहयोग गर्ने अध्यक्ष महतराले प्रतिबद्धता जनाउनुभयो। अब भने सरकारी विद्यालयलाई डिजिटल माध्यमबाट पठनपाठन गर्न सके मात्र विद्यार्थी बढ्ने सम्भावना देखेको बताउनुभयो ।
गुठीचौर गाउँपालिका वडा नं ५ का अध्यक्ष कमलबहादुर महतले शिक्षामा भने कालिका आधारभूतले फरक खालको नतिजा ल्याएको बताउनुभयो। अबका बाँकी दिनहरूमा पनि शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन आफूले पनि सहयोग गर्ने बताउनुभएको छ।

oppo_2
त्यसैगरी विशेष अतिथि गुठीचौर गाउँपालिका नि वर्तमान अध्यक्ष हरिबहादुर भण्डारीले कार्यक्रममा प्रस्तुत भएका सांस्कृतिक नाचगानले विद्यार्थी, शिक्षक, कर्मचारी र व्यवस्थापकको कडा परिश्रम उजागर गरेको बताउनुभयो ।
त्यस्तै उनले पुरस्कार बिजेता विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना दिदै कालिका आधारभूत विद्यालयको निरन्तर प्रगतिको कामना गर्नुभयाे ।
गुठिचौर गाउँपालिका वडा नं ५ का निवर्तमान अध्यक्ष चन्द्रबहादुर नेपालीले यो विद्यालय २०२० सालमा स्थापना गर्ने स्थापनाकर्ता र जग्गादाताले शिक्षा क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको स्मरण गर्दै, संस्कारमा आधारित शिक्षाको बिजारोपण गर्ने आवश्यकता देखिएको जानकारी दिनुभयाे ।
नेपाल पत्रकार महासङ्घ जुम्लाका उपाध्यक्ष नौरते नेपालीले उत्कृष्ट राष्ट्रसेवक कर्मचारी र समाजका ऐना उत्पादन गर्नमा विद्यालयले काम गरिरहेको बताउनुभयो । अरु विद्यालय बन्द फरक खालको शिक्षाको विकास गर्नका लागि उहाँले अनुरोध गर्नुभयो। उपाध्यक्ष नेपालीले सामुदायिक विद्यालयलाई हेर्ने अभिभावकको दृष्टिकोणलाई चिर्नुपर्ने बेला आएको बताउनुभयो। कालिका आधारभूत विद्यालयको शिक्षा सुधारका लागि अभिभावकले पनि बेलाबेला अनुगमन गर्नुपर्ने बताउनुभयो।

oppo_2
कार्यक्रममा एक सय भन्दा बढी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
शैक्षिक उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक पुरस्कार, सरसफाई, खेलकुद क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
सांस्कृतिक कार्यक्रम आर्कषणको रूपमा नेपाली आधुनिक नृत्य, संस्कृत गित र देउडाका विषयवस्तु समेटिएको नृत्य रहेका थिए ।
कार्यक्रमको प्रमुख अथिति, अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई स्वागत गर्दे कालिका आधारभूत विद्यालयका अध्यक्ष हस्तबहादुर महतले वाषिर्क पुरुस्कार बिजेता विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सोही क्रममा उहाँले विकासको उचाइमा पुग्न सफल अहिले संस्कार र चरित्रमा आधारीत विद्यालय खोजिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, विद्यालय एक कदम अगाडि बढ्दै विभिन्न प्रकारका क्रियाकलापहरू समेत सञ्चालन गरिरहेको बताउनुभयो ।

oppo_2
वाषिर्क कार्यक्रमको योजना र रुपरेखा विद्यालयका प्रार्चाय कर्ण खत्रीद्धारा तय भएको हो । प्रमुख अथितिहरु र अभिभावकको स्वागत तथा सत्कारको लागि विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरु उपस्थित रहेका थिए ।






