जुम्ला । गुठिचाैर गाउँपालिका ५ मा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । मंगलबार  वडाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेट अन्तर्गत महिलाहरुका लागि सांस्कृतिक संरक्षणका लागि कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो ।

५ नम्बर वडा कार्यालयको आयोजनामा सञ्चालित उक्त तीज बिशेष कार्यक्रममा वडाका विभिन्न टोलका महिला समुहहरुले क्रमश आआफ्नो प्रस्तुति मार्फत सामाजिक कुरीति तथा कुसंस्कार बारे खण्डन सहित  मनोरञ्जनात्मक नाच प्रस्तुत गरेका थिए । कार्यक्रम प्रतियोगितात्मक नभइ मौलिक संस्कार झल्किने गरि तीज बिशेष कार्यक्रम भव्य र सभ्य तरिकाबाट सम्पन्न गरिएको गुठिचाैर गाउँपालिका ५ नम्बर वडा वडाअध्यक्ष कमल वहादुर महतले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, आफ्नो अधिकार आफैंले खोज्ने बेला आएको बताउनुभएको छ। उहाँले महिला दिदीबहिनीहरूले अधिकार मागेर होइन खोस्नुपर्ने बेला आएको बताउनुभएको छ।

गुठीचौर गाउँपालिका ५ को सुचना

 

वडा अध्यक्ष महतको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गुठिचाैर गाउँपािलका उपाध्यक्ष शान्ति कुमारी भण्डारीको प्रमुख आतिथ्यता र जिल्ला समिति सदस्य लग्नमाया भण्डारी विशेष अतिथि रहेको थियो ।

 

पालिका उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले महिलाको क्षमताका विकासमा लगानी गरेको बताउनुभएको छ। बाँकी दिनहरूमा पनि महिलाको क्षमता विकासमा लगानी गर्ने उहाँले बताउनुभएको हो। महिलाहरूको महत्त्वपूर्ण चाड हो, यसलाई सबैले भड्किलो नभई संस्कार र संस्कृति बचाउने खालको बनाउनुपर्ने उहाँको भनाइ छ। उहाँले गीतको टुक्का मार्फत आफ्ना मनका वेदनासँगै सल्लाह सुझाव दिएकोमा उहाँले सकारात्मक रुपमा लिएको बताउनुभएको ।

जिल्ला समन्वय समितिकी सदस्य तथा कार्यक्रमका विशेष अतिथि लग्नु माया भण्डारीले महिलालाई दिन सक्ने चिज आफूसँग नभएको बताउनुभएको थियो। जिल्ला समन्वय मा कुनै पनि ठाउँबाट बजेट नआउने र समन्वयम गर्ने मात्रै काम भएको र महिलाहरूलाई आश्वासन दिन आफू नसक्ने उहाँको भनाइ थियो।

त्यस्तै कार्यक्रममा गुठिचाैर गाउँपालिका गाउँकार्यपालिका सदस्य तथा ५ नम्बर वडा सदस्य वासमति कामि, गुठिचाैर-५ नम्बर वडा सदस्य गंगा दमाई, गुठिचाैर गाउँपालिकाका सहायक महिला विकास अधिकृत सुस्मिता थापा, विभिन्न राजनितीक दलहरूका प्रमुख एवं प्रतिनिधि, शिक्षक बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा ५ नम्बर वडावासीहरु लगायतको उपस्थिति रहेको थियो ।

oppo_2

oppo_2

oppo_2

oppo_2

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय