सत्तारुढ सात दलले सडकबाट सरकारको विकल्प खोज्ने कुनै पनि प्रयास नस्वीकार्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी र समर्थन गर्ने सात दलको आज बसेको बैठकले सात बुँदे लिखित साझा धारणा सार्वजनिक गर्दै सडकबाट सरकारको विकलप खोज्ने कुनै पनि प्रयास स्वीकार्य नहुने निष्कर्ष निकालेको हो ।
बैठकले सरकारले १० दिनमा गरेको कामको स्वागत गर्दै बाँकी अवधिमा सरकारले तय गरेका कामका योजनालाई प्रभावकारी ढंगबाट सम्पादन गर्ने प्रतिवद्धता पनि ब्यक्त गरेका छन् । सहकारीको रकम दुरुपयोगबारे संसदीय समितिको प्रतिवेदन कार्यान्वयन सुरु भएको भन्दै बैठकले अनुसन्धान, अभियोजन र न्याय निरुपण प्रक्रियामा सबैको सहयोग आवश्यक पर्ने निर्णय गरेको छ ।
तर्रै पछिल्ला दिनमा अनुसन्धान प्रक्रियालाई प्रभावित गर्ने उद्देश्यले गतिविधि सुरु भएको भन्दै भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधिहरु लोकतन्त्र र विधिको शासन विपरीत रहेको र यस्ता गतिविधिप्रति सत्तारुढ दलको गम्भीर असहमति रहेको सात दलले जनाएका छन् ।






