Tuesday, August 25, 2026 | 10:11:52 AM

नसा च्यापियर थला परेका पातारासी गाउँपालिका–४ का ३० वर्षका मनसिंह नेपाली आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । उहाँले २०८० गत्त भदौ देखि देखि थला परेका हुन। मनसिंसले भने, सूरुमा प्रतिष्ठानमा जाँच गराएको थिए ।

त्यस पछि नेपालञ्जमा न्युरो अस्पतालमा उपचारको लागी गएको उताउनुभयो । त्यहा डाक्टरले सुई मार्फत उपचार गर्नु पर्ने सल्लाहा दिएको बताएका छन । उहाँले डाक्टरका अनुसार, १ वटा सुईको एक लाख मुल्य पर्ने पर्ने वताउनु भएको हो । उहाँले भनुभयो,‘सूरुमा ५ वटा सुइ लगाउनु पर्ने र त्यस पछि पनी सुधार नभएपनिछ थप्नु पर्ने बताउनुभयो । मनसिंहको अहिले खुट्टाको ढुडा देखि तल हातको कुमदेखी तल नचल्ने उहाँको भनाई छ । एक लाख खर्च गरेर औषधि गरेर नेपालगञ्जबाट घर आएको उहाँले वताउनुभयो । मानसिंहले भनुभयो, आर्थिक अभाबका कारण यहि थला परेको सुनाए ।

त्यस्तै श्रीमती सुसिला नेपालीले उपचार खर्च जुटाउन नसकेपछि घरमै ल्याएर राखेको बताउनुभयो । उहाँले भनुभयो, ‘डाक्टरले उपचार गर्न लाखौं रुपैयाँ लाग्छ भन्नुभयो, त्यसपछि घरमै ल्याउनु पर्ने अवस्था आएको वताउनु भएको हो । उहाँका अनुसार, उपचारमा कम्तीमा दश लाख भन्दा माथि लाग्ने बताएकी छन् । हाम्रो परिवारमा यत्रो रकम जुटाउन नसक्ने भएपछि आफूहरू तनावमा परेको बताउनु भएको हो । उहाँले भनुभयो, ‘‘साथमा दुइ वर्षकी छोरी छन, बच्चासँग काहीँ काम गरौँ भने, काम पाउने अवस्था नभएको वताउनु भएको हो । आफ्नो श्रीमानको ज्यान बचाउनका लागी सहयोग गरिदिन सबै सहयोगी संस्था तथा सहयोगी मनहरुलाई अनुरोध गर्नुभयो । त्यस्तै नेपालीको परिवारमा निराशा छाएको छ ।

नसा च्यापीको उपचार भएमा बाँचेर केही गर्ने इच्छा रहेको नेपालीले बताउनुभयो । ’उपचार गर्न पैसा छैन सहयोगको लागि आग्रह गर्दछु । उपचार खर्च सहयोग गर्नुस् म बाँच्न चाहान्छु । उहाँले सहयोगका लागि मानसिंहका मोबाइल नम्बर ९७ ४९९६८६२९ मा सम्पर्क गर्न सक्नु हुन्छ ।

त्यस्तै पारासी गाउँपालिकाका उपाध्यक्ष जुनमाया रोकायाले मनसिहँको उपचारको लागी कार्यपालिका संग कुरा राख्ने बताउनु भएको छ । आफ्नो नागरिकको ज्यान जोगाउनु हाम्रो कत्तब्य पनी हो उहाँले भनुभयो । उपचारको लागी पहल गर्ने आश्वासन दिनु भएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य सांसद छिरिङ ल्हामु लामाले मनसिहँ नेपालीलाई भेटेर उपचारका लागी पहल गर्ने वचन दिनु भएको छ । उहाँले कमजोर आर्थिक अवस्था भएका कारण उपचार नपाएका नेपालीको उपचार गर्नका लागी सबैसंग सहयोगको आग्रह गर्ने उहाँको भनाई छ ।

त्यस्तै उपचार अभाबमा छट्पटी रहेका गरिब नागरिकका लागी राज्य निदहि देखिन्छ । गाउँमा स्थानीय सरकार आएपनि स्वास्थ्य सेवाको अभाव, प्रशासनिक असफलता र नागरिकको दुःखमा जागरुप हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय