जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका ४ मा रहेकोे सत्यवादी विद्यालयको ५७औँ वाषिर्कोत्सव विद्यालय परिसरमा सम्पन्न भएको छ । वाषिर्कोत्सवको मुख्य आर्कषणको रुपमा सांस्कृतिक कार्यक्रम र वाषिर्क पुरस्कार वितरण रहेको थियोे ।
कार्यक्रमको प्रमुख अथितिको आथित्यता ग्रहण गर्दै
गुठिचौर गाउँप्पालिका अध्यक्ष दानबहादुर बुढाले समाज रुपान्तरण शिक्षाबाट मात्रै सम्भावना छ, त्यसको उपलब्धिलाई यो बिद्यालयले पछ्याउँदै अगाडि बढेको बताउनुभयो । उहाँले शिक्षक, अभिभावक र विद्यार्थीको सम्बन्ध त्रिकोणत्म हुन जरुरी रहेकोम जोड दिनुभएको छ । गाउँपालिका भित्रको शिक्षा रुपान्तरण गर्न लागी परेको उहाँको भनाइ छ । सामुदायिक विद्यालयलाइ पहुँच योग्य र सर्बसुलब बनाउन पालिका लागेको अध्यक्ष बुढाले बताउनुभयो । शुभकामना दिएका थिए ।
उनले सोही अवसरमा सत्यवादि विद्यालय विगतदेखि शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति अनवरत रुपमा क्रियाशिल रहेको र यसले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सफल भएको बताएका थिए ।
गुठिचौर गाउँपालिका निबर्तमान अध्यक्ष हरि बहादुर भण्डारीले विद्यालयको शिक्षा क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको स्मरण गर्दै नेपालमा संस्कारमा आधारित शिक्षाको बिजारोपण गर्ने एक बनाउनुपर्ने जोड दिनुभयो ।
त्यसैगरी अर्का विशेष अथिति गुठिचौर-१ का अध्यक्ष अर्जुनकुमार महताराले समाज बिकासको मेरुदण्ड शिक्षा भएको बताउनुभयो। अघिल्लो बर्ष बार्षिकउत्सवमा २५ हजार विद्यालय ब्यबस्थापन भनेर उद्द्घोष गरेका थिए र यो बर्ष ३५ हजार दिने घोषणा गर्नु भएको छ । त्यस्तै गुठिचौर गाउँकार्यपालिका सद्स्य देउराम नेपालीले कार्यक्रममा प्रस्तुत भएका सांस्कृतिक नाचगानले विद्यार्थी, शिक्षक, कर्मचारी र व्यवस्थापकको कडा परिश्रम उजागर गरेको बताएका थिए ।
त्यस्तै गुठिचौर गाउँपालिका-४ का वडा सदस्य धर्म लाल जैसीले पुरस्कार बिजेता विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना दिदै विद्यालयको निरन्तर प्रगतिको कामना गरेका छन् ।
त्यस्तै, पुर्ब विद्यालय ब्यबस्थापन समिति अध्यक्ष नन्द प्रशाद न्यौपानेले विकासको उचाइमा पुग्न सफल देशहरुले अहिले संस्कार र चरित्रमा आधारीत विद्यालय खोजिरहेको बताउनु भयो।
शैक्षिक उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक पुरस्कार, विभिन्न ?खेल, सरसफाइ, बिद्यालयको उत्कृष्ट नतिजा ल्याउने, एसइइमा उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
सांस्कृतिक कार्यक्रमका आर्कषणको रूपमा नेपाली आधुनिक नृत्य र देउडा नृत्य रहेका थिए ।
कार्यक्रमको प्रमुख अथिति, अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई स्वागत गर्दे विद्यालयका अध्यक्ष टिकादत्त न्यौपानेले वाषिर्क पुरुस्कार बिजेता विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
वाषिर्क कार्यक्रमको योजना र रुपरेखा विद्यालयका लेखापाल चन्द्रबहादुर न्यौपानेद्धारा तय भएको हो ।
प्रमुख अथितिहरु र अभिभावकको स्वागत तथा सत्कारको लागि विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरु उपस्थित रहेका थिए ।

oppo_2

oppo_2

oppo_2

oppo_2

oppo_2

oppo_2

oppo_2






