Tuesday, November 3, 2026

जुम्ला । नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)  गुठिचौर-४ को अध्यक्षमा कमला पाण्डे र गुठिचौर-५ को अध्यक्षमा जुनका दमाई चयन भएकी छन् ।

 मंगलबार सम्पन्न भेलाले पाण्डेको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा  देबु नेपाली, सचिवमा मिना नेपाली र कोषाध्यक्षमा शान्ति प्याकुरेल चयन भएका छन् । त्यस्तै सदस्यहरु शाबीत्रि खत्री,कक्क कामी, शुशिला जैसि, भिजु अधिकारी, लिलादेवि न्याैपाने,माया देबकाेटा र माया जैसि चयन भएका छन् ।

 

यसैगरी, गुठिचौर गाउँपालिकाको सयुक्त भेलाले जुनका दमाईको अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको छ । भने, उपाध्यक्षमा राजु देबकोटा, सचीव बास्मती कामी र कोषाध्यक्ष निरु धिताल चयन भएका छन् । सदस्यमा बैशाखी परियार, मायादेवी उपाध्याय,नानी धिताल र गोरिकला थापा चयन भएका छन् ।

 

पार्टीका कर्णाली ‌प्रदेश कमिटी सदस्य एवं गुठिचौर गाउँपालिका इन्चार्ज भवानी प्रशाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य प्रेमराज गिरि, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष हिमाली धिताल र गुठिचौर गाउँपालिका  अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इन्चार्ज जयालक्ष्मी बुढा, पाटिका बिशिस्ट ब्यक्तीहरुको उपस्थिति थियो । भेला निर्वतमान अध्यक्ष नौकन्या न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।