जुम्ला । जुम्लाको धार्मिक पर्यटन प्रवर्द्धन गर्न सिंजामा केदारनाथ महोत्सव सुरु भएको छ । ‘पबित्र तिर्थ स्थल केदारनाथ मेला हेर्न जाऔ, गौंमुखी धाराको पानीले स्नानगरी पुण्य कमाऔ’ भन्ने मूल नाराका साथ सिंजा गाउँपालिका–४ बारेगाउँ नजिकैको केदारनाथ मन्दिरमा महोत्सव सुरु भएको हो । महोत्सवमा सिंजाका गाउँगाउँबाट मानिसहरु आएका छन् ।

गुठीचौर गाउँपालिका ५ को सुचना



पाँच दिनसम्म चल्ने उक्त महोत्सवको उद्घाटन सिजा गाउँपालिका अध्यक्ष पुर्ण प्रशाद धिताल र कनका सुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले सयुक्त रूपमा उद्घाटन गरेका छन् ।
अध्यक्ष धितालले सिजामा रहेकोे धार्मिक पर्यटनको गन्तव्य भएकोले संरक्षण र प्रवर्द्धनका लागी जोड दिने बताउनु भयो । ‘सिंजा खसभाषाको उद्गम स्थल उहाँले भनुभयो, आफ्नै भाषा संस्कृति र धार्मिक रितिरिवाज रहेको उहाँको भनाइ छ् । सिजा रहेको केदारनाथको उचित संरक्षण प्रवर्द्धन र व्यापक प्रचारप्रसारले मात्र आन्तरिक तथा बाहृय पर्यटकहरु भित्र्याउन सकिने अवस्था रहेको सिजाका अध्यक्ष धितालले बताउनुभयो ।
महोत्सवले ओझेलमा परेको केदारनाथ मन्दिरको उजागर गर्ने कनकाका अध्यक्ष दामोदर आचार्यले बताउनुभयो । उहाले भनुभयो, ‘केदारनाथको ऐतिहासिक तथा धार्मिक महत्त्व छ । तर उचित प्रचारप्रसारको अभावमा सधैँ ओझेलमा परिरहेको छ । महोत्सवको आयोजनाले यो स्थानलाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य राखेको बताउनु भएको छ ।’
महोत्सवमा सिजा गाउँपालिका उपाध्यक्ष प्रेमकलि बुढा, कनका सुन्दरीकि उपाध्यक्ष चन्द्रकली बुढा,सिजाका वडा अध्यक्ष लालबहादुर बुढा, समेत सहभागी थिए ।
पहिलो दिन झण्डै ३ सयको हाराहारीमा मानिसहरुले अवलोकन गरेको बताइएको छ । कार्यक्रममा स्थानीय तथा देउडा खेती प्राप्त कलाकारहरुले पनि प्रस्तुति दिएका थिए । भोलि देउडा संस्कृति संरक्षण प्रतिष्ठान शाखा जुम्ला नेतृत्वको टिम र देउडा गायका जलिना बुढाको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
भाकल गरिएको कुरा पुग्ने विश्वासका साथ अहिले यहाँ पूजा गर्न र अवलोकनका लागि सुर्खेत, कालीकोट, अछाम, मुगु र बाजुरालगायत स्थानबाट धार्मिक पर्यटक आउन थालेको केदारनाथ क्षेत्र बिकास समितिका अध्यक्ष मनजिते बुढाले बताउनुभयो । सिजा गाउँपालिका-४ बारेका गोगन बुढाले धार्मिक स्थललाई स्वदेश तथा विदेशमा चिनाउनका लागि प्रचारप्रसार गर्न आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले देशको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा विकास गराउन सके सिंजा क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ ।





