Thursday, November 5, 2026

जुम्ला । सिन्जा गाउँपालिका–१,धापा, जुम्लाको मालिका माध्यमिक विद्यालय,  ६३औं वार्षिकोत्सव विशेष अवसरमा यस विद्यालयमा अध्ययनरत ५३ जना विपन्न विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको छ।

सहयोगी मनका धनी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्जा गाँउपालिका–३ निवासी मन ऋषि धितालको व्यक्तिगत पहल तथा सहयोगमा पोशाक वितरण गरिएको हो। विद्यालय प्रशासनले विद्यार्थीहरूलाई आवश्यक पोशाक प्रदान गरी विद्यालय जीवनलाई सहज बनाउन सहयोगप्रति गहिरो कृतज्ञता प्रकट गरेको छ।

मानव सेवामा सधैं अग्रसर रहँदै आउनुभएका धिताल यसअघि पनि विद्यालय र समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आउनुभएको छ। उहाँको सक्रियतामा विभिन्न समयहरूमा पुस्तक, खेलकुद सामग्री, शैक्षिक साधन तथा अप्ठ्यारो परिस्थितिमा रहेका परिवारहरूलाई राहत सहयोग समेत प्रदान गरिएको छ।

विद्यालय परिवारले मन ऋषि धिताल जस्ता दाताहरूको योगदानलाई उदाहरणीय मानेको छ, भने आगामी दिनमा पनि यस्ता सहयोग र प्रेरणाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।