जुम्ला । पातारासी गाउँपालिका–६ की ३२ वर्षीया रनु महताराको घरमा ग्यास चुलो प्रयोग गर्ने क्रममा एक्कासी आगलागी भएको छ । आज बिहान करिब ६ः३० बजेको समयमा खान पकाउनका लागी आगो बाल्ने क्रममा एक्कासि आगलागी भएको हो । तीन तले टिनले छाएको कच्ची घरको दोस्रो तलाबाट सुरु भएको आगो तेस्रो तला सम्म फैलिँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामग्री पूर्ण रूपमा नष्ट भएका छ् । सामाग्रीमा क्षेती भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
आगलागीको सूचना बिहान ८ः३० बजे इलाका प्रहरी कार्यालय उर्थुचौतारामा टेलिफोन मार्फत प्राप्त भएको र सूचना प्राप्त हुना साथ प्रहरी निरीक्षक मनोजराज गिरीको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।
घटना स्थल उर्थुचौताराबाट करिब ५ किलोमिटरको दुरीमा रहेको उक्त ठाउँमा आगलागी भएको थियो। प्रहरीका अनुसार आगो हाल पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। आगलागीको विस्तृत विवरण र क्षतिको मूल्याङ्कन कार्य भइरहेको प्रहरीले जनाएको छ ।






