
जुम्ला । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल जुम्लाले सरसफाई कार्यक्रम गरेको छ । गुठिचौर गाँउपालिका अवस्थित सुन्दर पर्यटकिय स्थल गुठिचौरमा सरसफाई तथा अस्थाई शौचालय निमार्ण गरिएको छ । पर्यटकिय स्थलमा सरसफाई गर्ने भोलिका दिनमा फोहोर नर्गन सचेतना दिन (वाईसीएल) नेपाल जुम्ला गुठिचौरमा पुगेको हो । (वाईसीएल) नेपालको केन्द्रिय अभियान अन्र्तगत गुठिचौरमा सरसफाई गरिएको छ । सुन्दरता झल्काउनका लागी पनि यो अभियान गुठिचौरमा गरिएको (वाईसीएल)जिल्ला अध्यक्ष खगेन्द्र कार्कीले वताउनुभयो । उहाँले वर्षाको मौसममा गुठिचौरमा वसोवास गर्ने गोठाला र घुम्न जाने आन्तरिक तथा वाह्रय पर्यटक सहजताको लागी ३ वटा अस्थाई सार्वजनिक शौचालय, चौरमा भएका विभिन्न फोहोर, काठको पुलको मर्मत गरेको जानकारि दिनुभयो । वाईसियल नेपाल जुम्लाका अध्यक्ष कार्कीले बेथिति बिरुद्धमा सशक्त संघर्षमा लाग्ने चेतावनी दिएको छ । समाजमा भएका विभिन्न विपद जन्य कुनैपनि घट्ना भएमा वाईसियले सहयोग गर्ने प्रतिवद्धता गदै, जनतामसँगै रहेको उहाँको भनाई छ । कुनैपनि विपद घट्ना र जनताको सेवामुलक काममा सधै सक्रिय भएर लाग्ने अध्यक्ष कार्कीले वताउनु भएको छ ।

त्यस्तै, जिल्ला सह ईन्चाज तथा पुर्व मन्त्रि गोमा गौतमले श्रम तथा उत्पादन र जनसरोकार विषयमा (वाईसीएल)लाई प्रत्येक्ष जोड्न राष्ट्रिय अभियान भई रहेकोले यो कार्यक्रम गरिएको वताउनुभयो । गुठिचौर पालिकाको पर्यटकिय स्थलमा धेरै मानिसको आउजाउ हुने वताउदै, यहाँ शौचालय र त्यहाँको वातावरण सरसफाई अपुग देखिएको हुदाँ सार्वजनिक शौचालय निमार्ण गरिएको उल्लेख गर्नुभयो । यहाँ आएका पर्यटकले चाउचाउ, लगाएत विभिन्न वस्तु जथाभावि फाल्ने गरेको पाईयो । त्यसले गर्दा फोहोर भएकोले, फोहोर नगर्ने सन्देश दिन पनि यो कार्यक्रम गुठिचौरमा गरिएको उहाँको भनाई छ । उहाँले भनुभयो, सुन्दर गुठिचौर वनाउने जिम्मेवारि हो, भन्ने कुरा सवैले वुझ्नुपर्ने टिप्पणि गर्नुभयो । जिल्ला पाटिले पनि एकयवद्धता जनाएको छ ।

नेकपा माओवादि केन्द्रका जिल्ला अध्यक्ष नवराज न्यौपानेले जुम्लाको गुठिचौरमा पर्यटकको घोईचो लाग्ने भएकोले पलास्टिक,सिसा लगाएतका वस्तु धेरै भएकाले सफाई कार्यक्रम राम्रो भएको वताउनुभयो । सरकारले पर्यटन प्रवद्धन हुने खाल्का काम लगानि गरे आर्थिक आम्दानि गर्न सकिने अध्यक्ष न्यौपानेले वताउनुभयो ।

(वाईसीएल) नेपालको केन्दिय सचिव सगिंता आचार्यले गुठिचौरको मुनमुटुमा अवस्थित सुन्दर नगरिय गुठिचौरमा मौसम अनुसार हजारौ पर्यटक भित्रिने विशेषगरि गाई घोडा यो ठाँउमा चर्ने गरेको वताउनुभयो । घुम्न जाने पर्यटकले खाएको वस्तु जथाभाभि फाल्ने देखिएकोले यो कार्यक्रम संचालन गरिएको वताउनुभयो । उहाँले भनुभयो, गुठिचौरमा जाने सवैले फोहोर जथाभावि नफाल्न आचार्यले अनुरोध गर्नुभयो । उहाँले जथाभावि फालेको फोहोरले गाई, भैसि र घोडालाई असर गर्ने हुदा फोहोरलाई खाड्लमा तथा एकैठाँउमा राखेर जलाउन आग्रह गर्नुभयो । अव वर्षा लाग्दै छ, कुनैपनि ठाँउमा हुने विपदमा (वाईसीएल) खटिने उल्लेख गर्नुभयो ।

जिल्ला फ्याक्सन ईन्चाज विर वहादुर कुवँरले प्रकृतिले दिएको जुम्लाको आम जनताका लागी अनुपम सुन्दर उपहार गुठिचौर हो, यसको संवद्धन र संरक्षण सचेत नागरिक गर्नुपर्ने वताउनुभयो । फरक प्रंशगमा फ्याक्सन ईन्चाज कुवरले अग्रगामि चेतना भएको आम जनताको नेतित्व माओवादिले गर्ने दावि गर्नुभयो । उहाँले सुन्दर ठाँउ कुरुप हुदै गहि रहेको छ, यसको सुन्दरता वढाउन यो कार्यक्रम प्रभावकारि भएको वताउनुभयो । भाविदिनमा जुम्ला भएका विकास निमार्णका काममा सधै लाग्नेमा उहाँको जोड् छ ।

(वाईसीएल) नेपाल जुम्लाका नवनिर्वाचित जिल्ला ईन्चाज हरिकृष्ण रावतले अवको युवा श्रम र उत्पादनमा जोडिन आवश्यकता रहेको वताउनु भएको छ । जनस्तरमा जोडिन पनि यस्ता खाल्का विभिन्न कार्यक्रम गदै अगाडि वढ्ने उहाँको भनाई छ । गुठिचौर जुम्लाकै पर्यटकीय केन्द्र भएकाले दैनिक आन्तरिक तथा बाह्रय पर्यटक त्यहाँ पुग्ने गरेका छन् । त्यहाँ शौचालय नहुदा समस्या भईरहेको थियो । गुठिचौर शौचालय वनेपछि सहज हुने भएको छ ।







