Tuesday, August 25, 2026 | 8:43:03 PM

जुम्ला । आन्तरिक राजस्व कार्यालय जुम्लाले कूल ७८ प्रतिशत राजस्व संकलन गरेको छ । राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८१।८२ मा रु ४९ करोड ४६ लाख राजस्व संकलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य ६३ करोड ७१ लाख रुपैयाँ रहेको भएपनि वार्षिक लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको हो । कूल वार्षिक लक्ष्यको ७८ प्रतिशत मात्र राजस्व उठेको आन्तरिक राजश्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेले जानकारी दिनुभयो । उहाँले ३४ करोड ९५ लाख आयकर तर्फको राजस्व संकलन भएको वताउनु भएको छ ।

भ्याटतर्फ १३ करोड ५२ लाख र अन्तःशुल्कतर्फ ५९ लाख ६१ हजार राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाका सुचना अधिकारी सचिन पौडेलले बताउनुभयो । जिल्लामा हालसम्म ३९ हजार ५सय ७३ जना करदाता दर्ता प्रक्रियामा छन् । जसमा भ्याटतर्फ २ हजार ६, आयकरतर्फ १७ हजार ४७० अन्तशुल्कमा ७ सय २९ र प्यानतर्फ १९ हजार ३६८ रहेको कार्यालयका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

करदाता शिक्षालाई प्रभावकारी बनाउनका लागि निर्माण व्यवसायी लगायत ठुला र साना व्यवसायीलाई जोड दिनका लागि कार्यालयले बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर दिइने गरी काम भइरहेको कर अधिकृत घिमिरेको भनाइ छ ।

कार्यालयले जुम्लालगायत मुगु र कालिकोटमा पनि कार्यक्षेत्र छ ।बक्यौता रहेको राजस्व तिर्ने दायित्व व्यवसायीकै भएकोले कार्यालयले पटक–पटक परिपत्र गर्दा समेत यहाँका ठुला र साना गरि करिब आठ सय बढी फर्म र व्यवसायीले बक्यौता तिर्न नसकेको वताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय