Tuesday, November 3, 2026

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा करार शिक्षकले तालबन्दी गरेका छन् । पातारासी गाउँपालिका भित्रका करार शिक्षकले आफुहरुको जागिर सुनिश्चत गर्न भन्दै माग गरेर तालाबन्दी गरेका छन् ।

गाउँपालिकाले गत असार ३२ गते कर्णाली प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ को दफा १४ (१) बमोजिम कुर्नैपनि व्यक्तिलाई ज्यालादारी वा करार नियूक्ति गर्न नपाईने र स्थानीय सेवा – गठन तथा संचालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियूक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारी वाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन परिपत्र अनुसार हाजिर हुन नपाएका शिक्षक आन्दोलित भएका छन् । उनिहरुले गाउँपालिकाले जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् ।