Tuesday, November 3, 2026

जुम्ला । हावाहुरीले उडाएको विद्यालयको छाना समयमा मर्मत नहुँदा गुठिचौर गाँउपालिका वडा नम्बर ३ स्थित शंकर वहुउदेश्यिय माध्यामिक विद्यालयको पठन पाठन प्रभावित बनेको छ । ४ वर्षअघि आएको हावाहुरीले विद्यालयको छाना उडाए पनि हालसम्म मर्मत हुन सकेको छैन । सम्बन्धित निकायबाट आवश्यक बजेट विनियोजन हुन नसक्दा समयमा मर्मत हुन नसकेको विद्यालयको भनाइ छ । हावाहुरिले २०७९ साल बैशाख महिनाको ४ गते राति आएको हावाहुरीका कारण दुई कोठे भवनको टिनको छाना उडेको थियो । तर पहल भएपनि सरकारले विद्यालय पुर्ण निमार्णमा ध्यान दिन नसकेको प्रधानाध्यापक तिल वहादुर भण्डारिले वताउनु भएको छ।

उहाँले भनुभयो, शंकर वहुउदेश्यिय विद्यालयले २०८१ सालको एसइई ८५ प्रतिशत विद्यालर्थि पास भएका छन् । एसईईको अघिल्ला नतिजाहरु भन्दा यो पटक चित्त वुझ्दो आएको प्रधानाध्यापक भण्डारिले वताउनुभयो । शिक्षकको कमि हुदाहुदै पनि विद्यार्थिलाई सफता हासिल गराउन सकेको उहाँको दावि छ ।

विद्यालयको छाना उडाएको समयमा प्रधानाध्यापकमा एकराज वुढा हुनुहुथ्यो । उहाँलाई प्रश्न गर्दा निमार्णका लागी पहल भएको हो, तर अघिल्ला जनप्रतिनिधिको कार्यकाल सकिएको र नयाँले ध्यान दिन नसक्दा समास्य भएको उहाँको भनाई छ। विद्यालयलाई नमूना उन्मुख वनाउनका लागी सवै लाग्न आवश्य रहेको छ । उहाँले भनुभयो, तत्कालै मर्मतसम्भार हुन्छ भन्ने आश गरेका थियौं, सोही अनुसार हामीले पहल पनि गरेका हौं, तर मर्मत नभएपछि पनि पठनपाठन त सुचारु गर्नै प¥यो, हामीले विद्यार्थीलाई जसोतसो एउटै कोठामा राखेर भएपनि पठनपाठन नियमित गरेको वताउनुभयो ।’ ‘सानो उमेरका विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गर्न असजिलो भएको थियो, तर यो हाम्रो रहर नभई बाध्यता हो ।’

हावाहुरीले छाना उडाएको दुई कोठे भवनको मर्मत नहुँदा विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने र पानि परेको बेला पुस्तकालयको कोठामा पनि पढाउने गरिएको विद्यालयका प्रधानाध्यापक तिल वहादुर भण्डारिले जानकारी दिनुभयो । उडाएको छानाको मर्मतका लागी अनुमाणित वजेट १० लाख लाग्ने र त्यस्तै भवन तत्काल निमार्ण गर्न ५०लाख लाग्ने हुदाँ सरकारले मर्मतका लागी सहयोग गर्न सहज हुने वताउनुभयो । उहाँका अनुसार कहिलेकाहि विद्यार्थीलाई एउटा कोठामा दुई वटा कक्षा राखेर पढाउने गरिएको छ ।

यस विद्यालयमा प्राथामिक दरबन्दीका ४ जना, निम्न माध्यामिक संघिय अनुदान १ जना, माध्यामि संघिय अनुदान २ जना, बाल विकास एक जना र विद्यालय सहयोगी एक जना कार्यरत रहनुभएको छ । अव भने बर्खा शुरु हुनै लागेको छ, एउटै कोठामा पढ्न विद्यार्थीलाई पनि असहज भएको छ, वडा र पालिकासँग हाम्रो माग भनेकै बर्खा अघि नै विद्यालय मर्मत गरियोस् भन्ने हो’– उहाँले भन्नुभयो– ‘अहिले बिद्यार्थीले असहजसँग पढेका छन्, स्थानीय सरकारले तत्काल ध्यान देओस् ।’

सामान्य डेस्क बेन्चको समेत अभाव हुँदा बालबालिका कोठा भित्र कार्पेट राखेर पढ्न बाध्य भएको एक अभिभावकले बताएका छन् । विद्यालयमा न बस्ने राम्रो बालमैत्रि बेच्न छ, न त ढोका नै छन् । कहिलेदेखि हाम्रा बालबालिकाले सुरक्षित भएर पढ्न पाउँछन् निश्चित छैन, ती अभिभावकले भनेका हुन् । अर्का स्थानीयले एकसातामै मर्मत हुनुपर्ने विद्यालय ४ वर्षसम्म पनि छाना नराखिनु राम्रो पक्ष नभएको गुनासो गुर्नभयो ।

विद्यालयको स्थापना २०२४ सालमा भएको थियो, भने यहाँ कक्षा १० सम्मको पढाई हुन्छ । जहाँ विद्यार्थी सङ्ख्या २सय २० जना भएको रेकर्ड भएपनि हाल १सय ७० जना नियमित उपस्थित हुने गरेका छन्। भवन निर्माणका लागि स्थानीय सरकारसहित कसैले पनि चासो नदेखाएको विद्यालयको गुनासो छ ।