Tuesday, November 3, 2026

जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ३ ले शिशु तथा आमाको पोषण सुधारका लागि सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खानेकुरा चनाअण्डा वितरण गरेको छ ।

 

 गर्भवती महिलाहरुलाई पोषिलो खानेकुरालाई मध्यनजर गर्दै वडा भित्र रहेका  सुनौला हजार दिनका आमाहरुलाई अण्डा, चना लगायतका वितरण गरिएको हो ।

 

वडा कार्यलयले ९जना गर्भवती  महिला सहित ८३ जना सुनौलो हजार दिनका आमाहरुलाई प्रति व्यक्ति एक किरेट अण्डा, १ किलो चना वितरण गरेकोे वडा सचीव पबिता बुढाले वताउनुभयो ।

 

बहुक्षेत्रिय पाेषण लक्षित कार्यक्रममा विनियोजित वजेटबाट गर्भवति तथा सुत्केरी महिला र बालवालिकाको पोषण स्थितीमा सुधार ल्याउन पोषणयुक्त खाद्य सामाग्री वितरण गरेको सचिव बुढाले वताउनुभयो । उहाँका अनुुसार वडा कार्यलयले वडा कार्यालयको आयोजना र बहुक्षेत्रिय कार्यक्रम आर्थिक सहयोगमा वितरण गरिएको हो ।

 

नवजात शिशु र जन्म दिने आमालाई उचित पोषणयुक्त खानेकुराको अभावमा कुपोषित र शरीरमा रक्त अल्पता हुने सम्भावनालाई मध्यनजर गर्दै पोषणयुक्त खानेकुरा प्रदान गरिएको वडा कार्यलयले जनाएको छ ।