Thursday, November 5, 2026

गुठिचौर गाँउपालिका ३ मा वडास्तरीय पोषण तथा खाद्य सुरक्षा सहजिकरण समितिलाई सोमबार सो सम्बन्धी अभिमुखिकरण कार्यक्रम गज्र्याङ्गकोटमा सम्पन्न भएको छ । गुठिचौर गाँउपालिका वहुक्षेत्रिय पोषण कार्यक्रमको आयोजना र खाद्य सुरक्षा निर्देशक सहजिकरण समितिका संयोजक एवं वडा नम्वर ३ का अध्यक्ष ईन्द्र वुढाको अध्यक्षतामा भएको थियो।

उक्त पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठकमा वडाका जनप्रतिनिधि, विषयगत शाखाप्रमुख, स्वास्थ्य स्वांयमा सेविका र सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो। वहुक्षेत्रिय पोषण कार्यक्रमका शाखा प्रमुख जगि प्रशाद धितालले सबै व्यक्तिले आफू र आफ्नो परिवारका लागि खाद्य सुरक्षाको जोहो गर्न आवश्यक उत्पादन गर्नुपर्ने वताउनुभयो । उत्पादन गर्न नसक्नेका लागी बजारबाट किनेर खाने हैसियत बनाउन राज्यले आवश्यक वातावरण बनाउनुपर्ने उहाँले वताउनुभयो ।

उक्त बैठकको वहुक्षेत्रिय कार्यक्रम शाखा प्रमुख जगिप्रशाद धितालले सहजिकरण गरेको कार्यक्रममा सहभागीहरुलाई पोषण र कुपोषण, पोषणको महत्व, कुपोषण रोकथाम तथा नियन्त्रणका लागि जिम्मेवार निकायहरु, कुपोषणको अवस्था तथा प्रजनन् उमेरका महिलाहरुको खानपिन शैली, पोषणमा लगानी किन, बहुक्षेत्रीय पोषण कार्यक्रम र यसको कार्यान्वयन लगायतका विषयवस्तुमा जानकारी दिएको थियो।

त्यस्तै, वडा अध्यक्ष वुढाले खाद्य अधिकारलाई कार्यान्वयनमा ल्याउन उत्पादनमा जोड दिनुपर्ने बताउँदै, यसको आमूल परिवर्तनका लागि कृषिको विकासमा विशेष जोड दिनुपर्ने बताउनुभयो । भोको पेटमा कुनै पनि व्यक्तिले आफूलाई सुरक्षित महसुस गर्न सक्दैन अध्यक्ष वुढाले भनुभयो, आफू र आफ्नो परिवारका लागि भोक टार्न सबै जनाले आफ्नो क्षमता र सकेसम्म मेहनत तथा लगानी आवश्यकता रहेको उहाँको भनाई छ ।

पोषणका विषयमा संघीय संरचनामा किटान गरिएका विभिन्न निकायहरूले आफ्नो भूमिका सबल र सक्षम तरिकाले निर्वाह गर्न सकिरहेको छैन। संघीयता लागु भएको नवौं वर्षको सँघारमा आइपुग्दा पनि विशेषतः स्थानीय सरकारको स्तरमा जनशक्तिको आवश्यक व्यवस्था तथा बजेटको व्यवस्था गर्न सकेको छैन। यसका कारण सर्वसाधारण नागरिकहरूले सारभूत रूपमा खाद्य सुरक्षाको अनुभूति गर्न सकिरहेको छैन।