जुम्ला, जुम्लाको सिंजा गाउँपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। शनिबार विहान साढे ६ बजे पिपलानी नराकोट भुलीको कच्ची सडक किनारमा फेला परेका हुन्। मृतक सिंजा (३ का ५५ वर्षका नवीन घर्ती हुन् ।
नवीनको सडक किनारमा फेला परेको प्रहरी चौकी नराकोटका हवल्दार दीपक गुरुङले बताए। उनले भने,झमृत्युको कारणबारे अनुसन्धान भइरहेको छ।जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक रोहित रसाइलीको नेतृत्वमा पाँचजनाको टोली घटनास्थल पुगेको थियोे। प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु हुनेछ।मृत्युको कारण र परिस्थिति अझै खुल्न बाँकी छ। स्थानीयले घटनालाई लिएर चासो व्यक्त गरेका छन्। प्रहरीले थप विवरण प्राप्त भएपछि जानकारी दिने जनाएको छ।






