जनयुद्ध नेपालको राजनितिक वैचारिक र विकास मोडेलमा नयाँ आविस्कार केन्द्र हो । समाजमा चेतना परिवर्त ल्याउन माओवादिको संर्घष जोडिएको छ । देशमा विभिन्न चर्चा भई रहदा एक पटक युवाले देशको चिन्ता गर्नुपर्ने वेला आएको छ । नेपालको राजनीतिक इतिहासमा जनआन्दोलनहरूले देशको सामाजिक, आर्थिक, र राजनीतिक संरचनामा उल्लेखनीय परिवर्तन ल्याएका छन्। २०५२ साल फागुन १ गतेदेखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने राजनीतिक उद्देश्य बोकेर जनयुद्ध शुरु गरेको नेकपा (माओवादी केन्द)्रले १० बर्षे जनयुद्ध र १९ बर्षे शान्तिपूर्ण राजनीतिक प्रक्रियालपार गर्दै यहाँसम्म आइपुगेको छ । विभिन्न राजनीतिक उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय कठोर संर्घष वेहोर्दै नेपालको माओवादी आन्दोलनलाई राष्ट्रिय रुपमा विस्तार र अन्तर्राष्ट्रिय रुपमा प्रभाव फैलाउँदै गएको छ ।
नेपालको जनयुद्ध र माओवादको प्रयोग पुरानो माओवाद भन्दा भिन्न रुपमा स्थापित भएको हो । सशस्त्र युद्धका उपलब्धिहरुलाई संस्थागत विकास गदै यो देशलाई समतामुलक समाज र सव्यसमाज निमार्णका लागी अगाडि बड्न प्रेरित गर्ने छ् । जनयुद्ध र २०६२–०६३ जनआन्दोलनको फ्यूजनबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशी एजेण्डा स्थापित भएका हुन् । जनआन्दोलनको जग नै माओवादी जनयुद्ध हो । यो जनयुद्धले २००७ सालको क्रान्ति, २०१७ सालको जन आन्दोलन, २०२७–२८ सालको झापा बिद्रोह, २०४६ सालको जन आन्दोलनलाई पूर्णता प्रदान गरेको छ । सामन्तवादी राज्यसत्तामा आमूल परिवर्तन शान्तिपूर्ण मार्गबाट सम्भव हुँदैन । सामन्ती राज्यसत्ता ध्वस्त बनाउन सशस्त्र युद्धको अपरिहार्यता हुन्छ भन्ने मान्यतालाई जनयुद्धले प्रमाणित गरेको छ ।
जनयुद्धले ठूला र शक्तिशाली भनिएका दललाई पनि चुनौती दिएको छ । जनमुक्ति सेना गठन, जनसरकार संचालन, जनअदालत गठन र आधार इलाकाको निर्माणको अभ्यास हुनु क्रान्तिको नयाँ प्रयोग थियो । माओवादी पार्टीले माथि उल्लेखित अभ्यस र प्रयोगले गर्दा एक प्रकारको आँधिवेरी सृजना र संसार थर्कमान गराएको थियो । माओवादी ‘जनयुद्ध’ विश्व कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत बनेको छ । जनयुद्ध आवाज विहिनका लागि आवाज बनेको छ । जनयुद्धको प्रारम्भमा शोषक, सामन्त, जाली, फटाहा, गुण्डागर्दी बिरुद्ध केन्द्रीत मुदा उठान गरेको हुँदा माओवादी पार्टीले जनसम्बन्ध घनिष्ट वनाउन सफल भएको थियो ।
माओवादी जनयुद्ध जातिय, लिङ्गिय र क्षेत्रिय तथा शोषण, दमन, अन्याय, अत्यचार र विभेदका विरुद्ध बुलन्द आवज उठाउदै अन्यायमा परेकाहरुको लागी हक अधिकार र स्वातन्त्रता शुश्चित गर्नका लागी केन्द्रीत थियो । माओवादि केन्द्रले यो देशमा कायाँपलट, सर्वाङ्गिय विकास गर्नका लागी संविधान सभाको निर्वाचन, समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारि राष्ट्रपतिय प्रणालीको माग अघि सारेको थियो । विविध कारणवस पुर्ण समानुपातिक प्रणाली र जनताद्धारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली लागु हुन सकेन् । जसको कारण आज देशले अस्थिर सरकारको समाना भोग्नु परेको छ ।
नेपालमा हाल आएर समाजवाद उन्मुख संघीय लोकतान्त्रि गणतन्त्र नेपाल, समानुपातिक, समावेशी तथा धर्म निरपेक्ष राष्ट्रको रुपमा स्थापित भएको छ । संविधानमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम जस्ता विभेदको शिकार भएका जाति र समुदायका हक अधिकारहरु संविधानमा सुनिश्चित भएका छन् । सिंहदरबारमा भएको केन्द्रीकृत अधिकारलाई स्थानीय तहसम्म ल्याईपु¥याउन जनयुद्धको योगदान महत्वपुर्ण ठानिन्छ ।
संविधानमा महिलाको लागी प्रदेश तथा केन्द्रीय सांसद पदमा समानुपातिक तथा आरक्षण सिट ३३ प्रतिशत छुटाएको छ भने, राष्ट्रिपति वा उपराष्ट्रपति, सभामुख वा उपसभामुख, स्थानीय तहका वडामा महिला र दलितको अनिवार्य प्रतिनिधित्व गराउनमा जनयुद्धको भुमिका प्रमुख मानिन्छ । संसदमा आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, पिछडिएको क्षेत्रको समानुपातिक र आरक्षण सिट सुनिश्चित गरिएको छ ।
लेखक. लाल वहादुर रावल(लोकेश) नेकपा माओवादि केन्द्र गुठिचौर गाँउपालिका कमिटि निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो ।






