जुम्ला, चन्दननाथ नगरपालिका उपमेयर रामदेवि खड्काले नगरपालिका भित्र बैदेशिक रोजगारिमा गएका हरुको तथ्यांक संकलन गर्ने बताउनुभयो । नगरपालिकाको रोजगार शाखाले बिहिवार न्यायिक सिमितका संयोजक, वडाअध्यक्षहरू र पत्रकारहरुसँग सुरक्षित आप्रवासन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम यस्तो वताउनु भएको हो । उहाँले भनुभयो, अहिले बैदेशिक रोजगारमा जानेहरु अवैधानिक बाटोबाट जाने र विभिन्न समस्यामा परेर घर फर्कने गरेकोले भविष्यमा हुने घटना नहोस भनेर सचेतना कार्यक्रम नेपाल सरकारले सामी परियोजना मार्फत संचालन गरिएको जानकारि दिनुभयो ।




सरकारले कानुनी बाटोबाट जान फ्रि–भिसा र फ्रिटिकटको व्यवस्था गरेको भएपनि धेरै मानिस मोटो रकम खर्चेर चोर बाटो गरेकोले यसलाई नियन्त्रण गर्न सामी परियोजनाले महत्पूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास्थ रहेको वताउनुभयो् । खासगरी चन्दननाथ नगरपालिकाबाट बैदेशिक रोजगारीमा जानेहरुले अपनाउनु पर्ने सावधानी तथा सचेतनाका बारेमा जानकारी दिन यो कार्यक्रम गरिएको उपमेयर खड्काले वताउनुभयो ।
हाल सामी कार्यक्रम पहिलो चरण चलिरहेकाले यो कार्यक्रम २०८१ मंसिर ३१ देखि २०८५ अषाढ ३१ गते सम्म संचालन हुने चन्दननाथ नगरपालिका रोजगार शाखा सहायक कौसिला नेपालीले जानकारी दिनुभयो् । नेपाली आप्रवासी कामदार र तिनका परिवारलाई राज्यको संयन्त्रबाट संरक्षण गरि सुरक्षित तथा मर्यादीत, लाभाम्वीत बनाउन कार्यक्रमको लक्ष्य रहेको वताउनुभयो । नेपालीले बैदेशिक रोजगारीको सबै चरणमा आप्रववासी कामदार र परिवारको अवस्था सुधार गर्न संघ, प्रदेश र स्थानीय तहका सम्बन्धीत निकायहरुलाई सक्षम बनाउने कार्यक्रमको उदेश्य रहेको जानकारी दिनुभयो् ।
सहायक प्रमुख नेपालीले आर्थिक वर्ष २०८१÷०८२ को चैतसम्मको जुम्लाबाट बैदेशिक रोजगारीमा जानेको अवस्था उल्लेख्य रुपमा बृद्धि रहेको वताउनु भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को चैतसम्मको तथ्यांक हेर्दा पुरुष ६ सय ९८ र ४४ महिला गरि ७ सय ४२ जना बैदेशिक रोजगारीमा गएका छन् ।
यस्तै, आर्थिक वर्ष २०८०÷८१ मा बैदेशिक रोजगारीका लागि जुम्लाबाट श्रम स्वीकृत लिनेको संख्या बढेको देखिएको छ। जुम्ला बाट पुरुष ८सय ८४ र ७२महिला गरि ९ सय ५६ जनाले श्रम स्वीकृत लिएका छन् । सिप दक्षता, सुचना जानकारी नहुनु, ठगी जोखीम, र मनोसामाजीक प्रभाव जस्ता बैदेशिक रोजगारीको चुनौती छन् । चन्दननाथ नगरपालिकामा (सामी) परियोजना अन्तर्गत सुरक्षित आप्रवासन सम्बन्धी कार्यक्रम संचालन भैरहेको छ । र्काक्रममा वडा अध्यक्ष, सदस्यहरु र पत्रकाहरुको उपस्थित रहेको थियो ।




