Monday, August 24, 2026 | 2:50:58 PM

२०८२ जेठ १४ गते

गुठिचौर गाउँपालिकालाई ‘पोषणमैत्री स्थानीयतह’ घोषणा गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ। मंगलबार आयोजित एक कार्यक्रममा पोषणमैत्री गाउँपालिका बनाउने आवश्यक बिभिन्न सूचकसहितको ‘११ बुदे प्रतिवद्धता पत्रमा सरोकारवालाहरूले हस्ताक्षर गरेका छन्। पालिकामा पोषणमैत्रि अभियान संचालनका लागी पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति, सरोकारवाला, संचारक्रमी, कर्मचारि विच क्षमता विकास तालिम भएको छ । उक्त कार्यक्रममा बहुक्षेत्रीय पोषण योजना, आधारभूत पोषण, पोषणको अवस्था, अवधारणा, पोषणमा लगानी किन र सुधारका प्रयासबारे छलफल भएको हो । पोषणमैत्री स्थानीय शासनको अवधारणा, रणनीति र पोषणमैत्री स्थानीय तह घोषणाको चरणहरू, पोषणमैत्री स्थानीय तह घोषणाका सूचकहरु, पोषणमैत्री स्थानीय तह घोषणामा स्थानीय तहको भूमिकाको बारेमा जानकारी गराइएको पोषण सहजकर्ता जगि धितालले वताउनु भएको थियो । स्थानिय सरकारले पोषणमा लगानि बढाउन् आवश्यकता देखिएको उहाँको भनाई छ ।

प्रतिबद्धता पत्रमा गाउँपालिकालाई पोषणमैत्री स्थानीयतह घोषणा गर्ने गरी आवश्यक सूचकहरू पुरा गर्ने अभियान चलाउन लागिएको उल्लेख छ। ‘बहु क्षेत्रीय पोषण कार्यक्रम’ अन्तर्गत गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति पदाधिकारी र सरोकारवालालाई पोषणमैत्री स्थानीयतह बनाउन आयोजित कार्यक्रमले बनाएको प्रतिवद्धता पत्रमा हस्ताक्षर भएको हो।

गुठिचौर गाँउपालिका अध्यक्ष दान वहादुर वुढाले पोषणयुक्त र पोशिला खानेकुरा मानिस जिन्दगीसँग जोडिएको वताउनु भएको छ । उहाँले आफुलाई पोषणयुक्त आफैले सुरुवात गर्नुपर्ने उल्लेख गदै, समाज वनाउने मानिस पनि पोषणमैत्रि हुन आश्यकता रहेको वताउनुभयो । हस्ताक्षर गर्दै गाउँपालिका अध्यक्ष वुढाले आफ्नो कार्यकालभित्रै गाउँपालिकालाई पोषणमैत्री स्थानीयतह घोषणा गरी छाड्ने दुढता व्यक्त गर्नुभयो। उहाँले पोषण सुधारका लागी सरकाले दिएको अनुदान तिव्रगतिमा कार्यन्वयन गर्न निर्देशन दिनु भएको हो । उहाँले फरक प्रसंगमा राख्दै जसको नुन खानु उसको गुण भन्ने व्यङ्ग्य गदै, पालिकाको राम्रो काम गर्ने कर्मचारिलाई सम्मान गरिने वताउनु भएको छ ।

अध्यक्षको दृढतालाई उपाध्यक्ष र ५ वटै वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा कार्यपालिका सदस्य, गाउँ सभा सदस्यहरू स्वास्थ्य शाखा प्रमुख लगायत स्वास्थ्यकर्मी, विषयगत शाखा प्रमुखलगायत कर्मचारीसमेतले एकमतले गाउँपालिकालाई पोषणमैत्री घोषणा गर्ने कुराप्रति पूर्ण समर्थन गर्दै सक्दो सहयोग गर्ने बाचासहित हस्ताक्षर गरेका छन्।

त्यस्तै, बहुक्षेत्रिय पोषण कार्यक्रम सफल वनाउन सवैको हातमालो अतिआश्यक रहेको गुठिचौर गाँउपालिका उपाध्यक्ष शान्ति कुमारि मल्ल(भण्डारि)ले वताउनु भएको छ । पोषणलाई सफल वनाउन पालिकाका विषयगत शाखाको भुमिका धेरै भएको उपाध्यक्ष शान्ति कुमारि मल्ल(भण्डारि)ले वताउनुभयो । पोषणको वजेट संघिय अनुदान जति धेरै काम गयो, उत्ति छिटो वजेट काम गरेको आधारमा थप्ने हो, भनुभयो ।

त्यस्तै, गुठिचौर गाँउपालिका वडा नम्वर ५ का अध्यक्ष कमल वहादुर महतले पोषण कार्यक्रम प्रभावकारि ढंगले अगाडि वढाउनुपर्ने वताउनुभयो । उहाँले निर्णय धेरै हुने कार्यन्वयन एकै नहुने हो भने त्यो निर्णय नगर्दा राम्रो हुने वताउनु भएको छ । कार्यक्रममा किर्डाक नेपाल र वल्र्ड भिजनका प्रनिनिधिको सहभागिता रहेको थियो, यो कार्यक्रमलाई सफल वनाउनका लागी सहयोग पनि गरेका छन् ।

‘पोषणमैत्री स्थानीयतह’ घोषणा गर्ने प्रतिबद्धता पत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय