Tuesday, November 3, 2026

जुम्लामा लेक लागेर एक जनाको मृत्यु भएको छ। जुम्लाको गुठिचौर गाउँपालिका-१ मणि गाउँका ३५ वर्षका भीमबहादुर बोहोराको मृत्यु भएको हो।

गुठिचौर गाउँपालिका-१ का वडाध्यक्ष अर्जुनकुमार महताराका अनुसार यार्सा सङ्कलन गर्न डोल्पाको जगदुल्ला गाउँपालिका-१ मा पर्ने जगदुल्ला मध्यवर्ती पाटन पुगेका बोहोराको बुधबार (आज) मृत्यु भएको हो।

बोहोरालाई तीनजना साथीहरूले घर ल्याउँदै गर्दा जुम्लाको सिमाना पर्ने भित्र खाेलाकाे लेकमा उहाँको मृत्यु भएको हो।

अस्थायी प्रहरी चौकी चोत्र र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रोहित रसाइलीको कमान्डमा पाँच जनाको टोली उक्त ठाउँमा खटिएको छ।

प्रहरी त्यहाँ पुग्न समय लाग्ने  निरीक्षक रोहित रसाइलीले बताउनु भयो । अहिले बीच बाटोमा छौँ, पानी परिरहेको छ,’ उहाँले भनुभयो ।